कुशलकी आमा भन्छिन्– साग केलाउँदै छोराको कीर्तिमानी खेल हेरेँ आज देखि लुम्बिनी केबलकार तीन दिन बन्द अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा                
समाचार :

पामिरमा तीजगीत तथा नृत्य प्रतियोगिता

तिलोत्तमा । पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ मा तीजगीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

कक्षगत प्रतियोगितामा कक्षा १ बाट अनुस्का नेपाली उत्कृष्ट, कक्षा २ बाट जेनिशा, कक्षा ३ बाट प्रकृती पन्थी र कक्षा ४ बाट प्रतिष्ठा पाण्डे उत्कृष्ट डान्सर भएका छन् ।

यसैगरी तहगत प्रतियोगितामा कक्षा ७, कक्षा ८ र कक्षा १० ले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे । प्रतियोगितामा कक्षा ४ का सगुन गाहा उत्कृष्ट डान्सर घोषित भए ।

कार्यक्रमका अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य संगिता गौतम अर्याल, विद्यालय व्यवस्थापन समितिकै सदस्य अम्बिका खराल, विद्यालयका प्रावि संयोजक रिना शर्मा, शिक्षका अमिशा रानालगायतले विद्यार्थीहरुको प्रतिभाको प्रशंसा गरेका थिए ।

प्रतियोगितामा नृत्य प्रशिक्षक सानु थापा मगर, शिक्षिका सन्जना श्रेष्ठ, सरिता गौतम र रोसु बस्नेतले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार