कुशलकी आमा भन्छिन्– साग केलाउँदै छोराको कीर्तिमानी खेल हेरेँ आज देखि लुम्बिनी केबलकार तीन दिन बन्द अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा                
समाचार :

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक द्वारा लक्ष्मी कोइरालालाई विमा बापतको रकम हस्तान्तरण

बुटवल । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड भैरहवा शाखाले आफ्ना ग्राहकलाई दुर्घटना बापतको बीमा रकम हस्तान्तरण गरेको छ ।

जिल्ला अदालत रुपन्देही भैरहवामा कार्यरत दामोदर कोइरालाको दुर्घटनामा मृत्यु भएपछि कोइरालाकि आमा लक्ष्मी कोइरालालाइ बैंकले विमा बापतको रकम हस्तान्तरण गरेको हो ।

कोइरालाको स्थायी घर बिरुवा गाउंपालिका–३ चिन्नेबास स्याङ्जा हो ।

रकम हस्तान्तरण कार्यक्रममा जिल्ला अदालत रुपन्देहीका प्रमुख जिल्ला न्यायाधीश कृष्णराम कोइराला, न्यायाधीश डा. श्रीप्रकाश उप्रेती, प्रशासकिय अधिकृत अनन्तराज मरासिनी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका लुम्बिनी प्रदेश प्रमुख रमेश खड्का, भैरहवा शाखा प्रबन्धक मिलन कुमार पुनले जिल्ला अदालत परिसरमा बिमा रकमको चेक लक्ष्मी कोइरालालाई हस्तान्तरण गरेका हुन । हस्तान्तरण गरिएको चेक रकम सात लाख रुपैयाको रहेको छ ।

बैंकले ग्राहकको सुरक्षा तथा सुविधालाई मध्यनजर गर्दै कर्मचारी तलबी खाता खोल्ने ग्राहकलाई दुर्घटना बीमा, औषधी उपचार बिमाका साथै बिभिन्न सुविधा समेत दिदै आएको बैंकका प्रदेश मार्केटिङ अफिसर आबिस्कार खनालले बताए ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका देशभर २६० शाखा कार्यालय, ६२ एक्स्टेन्सन काउन्टर, २०३ एटिएम मेसिन र १०७ साखा रहित आउटलेट रहेका छ्न ।

त्यस्तै लुम्बिनी प्रदेशमा ३९ शाखा कार्यलय, ०४ एक्स्टेन्सन काउन्टर, ३१ एटिएम मेसिन र १७ साखा रहित बैंकिङ आउटलेट बाट ग्राहकहरुलाइ सरल, सहज, सुरक्षित र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकका लुम्बिनी प्रदेश प्रमुख रमेश खड्काले जानकारी दिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार