

बुटवल । बुटवल ८, सुख्खानगरस्थित एभरेष्ट इङलिस बोर्डिङ मा.वि.मा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । बुधबार कक्षा प्ले गु्रपदेखि युकेजीसम्मको भएको नृत्य प्रतियोगितामा कक्षा प्ले गु्रपबाट लिसार ढाडा मगर, आरध्या अर्याल र ईश्वर कार्की क्रमशः प्रथम द्वितीय र तृतीय भएका छन् । कक्षा नर्सरीबाट प्रनिका भुसाल, आश्रा श्रेष्ठ र क्रिसा भण्डारी क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान, कक्षा एलकेजीबाट गृष्मा गुप्ता, रुस्पी शेरचन र सोफिया के.सी. क्रमशः प्रथम द्वितीय र तृतीय त्यसैगरी कक्षा युकेजीबाट आन्सी पाण्डे प्रथम, पितिना दर्नाल द्वितीय र श्रृया श्रेष्ठ तृतीय भएका छन् ।
विद्यालयका सह प्राचार्य भीमसेन गौतमको सभापतित्व, प्राचार्य कृष्ण न्यौपानेको प्रमुख आतिथ्य, उप प्राचार्यद्वय उमेश रेग्मी र माला पाण्डेको आतिथ्य, पूर्व प्रा.वि. संयोजक शारदा रिमालको संयोजकत्व तथा विद्यार्थीहरु विदुषी गौतम, आयुष्मा कक्षपति, विधाता थापा र जेनिसा श्रेष्ठको सञ्चालनमा सम्पन्न प्रतियोगिताको निर्णायकमा निसिम झेडी र सृष्टी सिर्पाली रहनुभएको थियो । विजयी विद्यार्थीलाई विद्यालयका प्राचार्य न्यौपानेले पुरस्कार र प्रमाणपत्र दिदै आफ्नो प्रतिभालाई उजागर गर्न विद्यार्थीलाई प्रेरणा प्रदान गर्नुभएको थियो । प्रतियोगितामा विभिन्न कक्षाबाट छनोट भई आएका उत्कृष्ट ४८ जना प्रतियोगीले भाग लिएका थिए भने सोही अवसरमा अप्रतियोगी विद्यार्थीहरुले पनि समुहगत नृत्य प्रस्तुत गरेका थिए ।