कुशलकी आमा भन्छिन्– साग केलाउँदै छोराको कीर्तिमानी खेल हेरेँ आज देखि लुम्बिनी केबलकार तीन दिन बन्द अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा                
समाचार :

डा.सिंह मृत्यु प्रकरण: काउन्सिलले डाक्टरको कमजोरी देख्यो, अदालतले बिरामीकै दोष देखायो

साढे तीन वर्षअघि उपचारका क्रममा मृत्यु भएका डाक्टर ज्ञानेश्वरप्रसाद सिंहको विषयमा अदालतले विवादित फैसला सुनाएको छ।

जिल्ला आदालत रुपन्देहीले सिंहको उपचारमा चिकित्सकको लापरवाही नभएको ठहर गर्दै फैसला गरेको छ।

भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साइन्सेस अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. सिंहको सोही अस्तपालमा उपचारका क्रममा लापरवाही गर्दा मृत्यु भएको आरोप लागेको थियो।

२०७६ भदौ १० गते एक विवाह भोजमा खाना खाँदा सिंहको घाँटीमा खसीको हड्डी अड्किएको थियो। उहाँलाई तत्काल यूनिभर्सल मेडिकल कलेज भैरहवामा लगियो। त्यहाँ नाक, कान, घाँटी विषेशज्ञ डा.विश्व तुलाचन, एनेस्थेसियाकी डा‍.लक्ष्मी पाठक र कार्डियोथोरासिक डा.सन्तोष साह लगायतले उपचार गरेका थिए ।

हड्डी निकाल्न भोलिपल्ट शल्यक्रिया गरिएको थियो। सो शल्यक्रियापछि समस्या वल्झिँदै गएर २०७६ माघ २ गते डा.सिंहको मृत्युभयो।

उपचारमा लापरवाही भएको भन्दै संलग्न चिकित्सकमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै डा.सिंहको परिवारले जिल्ला अदालत रुपन्देहीमा २०७७ कार्तिक १६ गते रिट दायर गरेको थियो।

डा.सिंहकी पत्नी वीणा सिंहले अस्पताल र उपचारमा संलग्न ३ चिकित्सकलाई प्रतिवादी बनाएर रिट दायर गरेकि थिइन ।

उक्त रिटको फैसला अदातले गत चैत १४ गते सुनाएपछि पूर्ण पाठ भर्खरै दिएको छ। जसमा चिकित्सकले उपचारमा लापरवाही नगरेको बिरामी स्वयंको कमजोरीले गर्दा मृत्यु भएको फैसला अदालतको छ।

यस घटनामा नेपाल मेडिकल काउन्सिलले छानबिन गरी गर्दा उपचारमा लापरवाही देखिएको ठहर गरेको थियो।

अदालतको फैसलामा डा.सिंहको परिवार धेरै असन्तुष्ट छ। मेडिकल काउन्सिलको छानबिनले समेत उपचारमा लापरवाही गरेको ठहर गरी डा.विश्व तुलाचनलाई एक वर्ष अभ्यास गर्न समेत रोक लगाएको थियो। काउन्सिलले अस्पताललाई सेवा सुधार गर्न निर्देशन पनि दिएको थियो।

सो विपरीत अदालतको फैसलामा गुनासो पीडित परिवारको छ। अदालतको यो फैसलाविरुद्ध आफूहरू माथिल्लो अदालतमा जाने डा.सिंहका छोरा डा. प्रज्वल सिंहले बताए ।

बिरामी अस्पतालमा भर्ना भएपछि हरसम्भव उपचार गरेको र बिरामीलाई उपचार गरिएपश्चात मुखबाट केही खान नदिने सल्लाह दिएकोमा बिरामीले आफखुसी गरेको देखिएको फैसलामा भनिएको छ।

साथै सो उपचार पश्चात भोलिपल्ट इन्डोस्कोपी प्लान गरिएकोमा बिरामी स्वयंले कुनै पनि जाँच परीक्षण कार्य गर्न सहमति नदिएकाले उपचारमा बाधा परेको पनि उल्लेख गरिएको छ।

बिरामीको उपचारमा संलग्न अस्पताल र चिकित्सकले गर्नुपर्ने काम नगरेको नभै हर सम्भव प्रयास गरेको देखिन आएबाट बादीको दाबीमा सत्यता भन्दा बढी असत्यता, यथार्थ भन्दा बढी काल्पनिकता र मागदाबी नै अस्पष्ट रहेको भन्दै फैसला सुनाएको छ।

अदालतको यो भाषाले मेडिकल काउन्सिसलका विज्ञले गरेको छानबिन समेत काल्पनिक रहेको भन्ने संकेत गरेको छोरा प्रज्वल बताउनुहुन्छ।

हामीले मात्रै भनेको होइन काउन्सिलले समेत छानिबिन गर्दा दोषी देखिएर कारबाही गरेको छ’ प्रज्वलले भने, ‘त्यसो भए त्यो छानबिन पनि काल्पनिक थियो त ?’

माथिल्लो अदालतले न्याय दिने विश्वास रहेको उनले बताए ।

हेल्थपार्टी बाट

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार