कुशलकी आमा भन्छिन्– साग केलाउँदै छोराको कीर्तिमानी खेल हेरेँ आज देखि लुम्बिनी केबलकार तीन दिन बन्द अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा                
समाचार :

रेडियो मुक्तिको तीज गीत प्रतियोगितामा इङ्गुरिया दिदि बहिनी आयआर्जन महिला समुह सैनामैना प्रथम

बुटवल । बुटवलमा रहेको रेडियो मुक्तिको आयोजनामा भएको खुल्ला तीज गीत प्रतियोगितामा सैनामैनाको इङ्गुरिया दिदिबहिनी आयआर्जन महिला समुह प्रथम भएको छ ।

खानेपानी, सरसफाई र स्वच्छता, समावेशी सहभागिता सहितको लैङ्गिक समानता बिषयक आयोजना गरिएको प्रतियोगितामा रुपन्देही र पाल्पाका ७ टिमको सहभागि रहेको थियो ।

७ टिम मध्ये इङ्गुरिया दिदिबहीनी आयआर्जन महिला समुह प्रथम भएको हो । प्रथम भएको महिला समुहले नगद २५ हजार प्राप्त गर्न सफल भयो ।

त्यस्तै ज्योति जागृति आमा समुह तिनपाले द्धितिय स्थान हासील गर्दै रु २० हजार रुपैया र प्रमाणपत्र, तृतिय हुन सफल प्रगतिशिल आमा समुह बुटवल, बमघाटले रु १५ हजार रुपैया र प्रमाणपत्र हात पारेको छ ।

प्रोत्साहन पुरस्कार सयपत्री आमा समुह तिनाउ गाउपालिका पाल्पाले प्राप्त गरेको छ । सयपत्रीले रु १० हजार नगद र प्रमाणपत्र प्राप्त गरेको छ । सबै बिजेता समुहलाई र उपबिजेता समुहलाई रेडियो मुक्तिका अध्यक्ष दिपु पोखरेल र बुटवल उपमहानगरपालिककी उपप्रमुख सावित्रादेवी अर्यालले पुरस्कार र मायाको चिनो प्रदान गरेका थिए ।

प्रतियोगितामा गायक तथा सर्जक नारायण खनाल लेकाली, गायिका कल्पना कुसुम र यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायबाट आनिक राना निर्णायक रहेका थिए ।

कार्यक्रममा कलाकारहरु नारायण लेकाली, कल्पना कसुम, प्रचण्ड जिसी, दुर्गा नेपाल र पत्रकार निरु गौतमले तिजका भाका गाएर मनोरञ्जन प्रदान गरेका थिए । त्यस अघि कार्यक्रमको बुटवल उपमहानगरपालिकाका उप प्रमुख साबित्रादेबि अर्यालले उद्घाटन गरेकी थिईन ।

महिला समानताका लागि संचार अभियान द्धारा संचालित रेडियो मुक्ति ९५.५ बुटवल बिसं २०६५ सालमा महिलाहरु द्धारा संचालनमा आई निरन्तर सञ्चारको माध्यमबाट लैंिगक समानता, महिला सशक्तीकरण लगायतको क्षेत्रमा आवाज बिहिनको आवाज बुलन्द गर्दै आएको छ ।

रेडियो मुक्ति ९५.५ बुटवल हाल १ सय ५२ जना संस्थापक महिला सदस्यद्धारा संचालित रहेको छ । उक्त कार्यक्रम रेडियो मुक्तीका स्टेशन म्यानेजर कल्पना तिवारी र समाचार प्रमुख अस्मिना पाण्डेले सञ्चालन गरेका थिए ।

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार