तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

भैरहवामा ५ करोडको लगानीमा बनेको सांवरिया आईतबारदेखि सञ्चालनमा आउँदै

भैरहवाको मुटु मानिने आवारोडमा ५ करोडको लगानीमा सांवरिया आईतबारदेखि सञ्चालनमा आउँदै छ । मिठाईका पारखीका लागि नौलो एवम् विविध स्वादका मिठाईहरु तथा शाकाहारी एवम जैन परिकार उपलब्ध गराउने उद्देश्यसहित सांवरिया सञ्चालनमा आउँदै छ ।

एजी फुड प्रोडक्ट्स प्राली अन्तर्गतको सांवरियामा स्थानीय ब्यवसायीहरु अरुण अग्रवाल, कृष्ण प्रसाद शर्मा (सानु), आदर्श अग्रवाल एवम् बुटवलका ब्यवसायी ज्ञानेन्द्र कार्की तथा काठमाण्डौंका गौरव दारुका लगानी रहेको छ । आर्कषक सजावट र ग्राहकको सुविधालाई मध्यनजर गरि सञ्चालनमा ल्याईएको सांवरियामा बिभिन्न प्रकारका उच्च गुणस्तर युक्त मिठाई, प्रभातकालीन नास्ता, दिउसोको खाजा उपलब्ध रहेको यसका सञ्चालक अरुण अग्रवालले जानकारी दिए । सांवरियामा दक्षिण भारती खाजा संगै चिनिया परिकार उपलब्ध रहने अग्रवालले जनाए ।

एकै पटक १ सय ३० जना सम्मलाई सेवा दिन मिल्ने सांवरियामा कार्यक्रमको लागि हल पनि उपलब्ध रहेको छ । यस्तै आगामी दिनमा परिवारीक एवम संघ संस्थाले आयोजना गर्ने भोज भतेरमा क्याटरिङ्गको समेत सुविधा प्रदान गरिने यसका अर्का सञ्चालक कृष्ण प्रसाद शर्माले जानकारी दिए । “एजी फुड प्रोडक्ट्स प्राली अन्र्तगतको सांवरिया भैरहवामा पहिलो प्रतिष्ठानको रुपमा खुलेको छ ।” उनले भने “अब यसलाई चेन बिजनेशको रुपमा नेपालका अन्य शहरमा पनि बिस्तार गर्दै लैजाने छौं ।”

उनले सांवरियामा रहेका सम्पूर्ण मिठाईका परिकारको शुद्धता एवम गुणस्तर तथा सरसफाईमा कुनै कमि हुन नदिने बताए । साथै यसमा पाईने परिकार उपभोक्ताले “होम डेलिभरि”को माध्यमबाट घरघरै पुर्याइने जनाए । सञ्चालनको सम्पूर्ण तयारी पुरा भईसकेको र यहि आईतबार, सोमबार र मंगलबार गरि ३ दिनको यसको उदघाटनको तयारी गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित