तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

अनेमसंघ समाजवादी द्वारा महिला हिंसाको घटनामा सरकारको ध्यानआर्कषण

नेकपा एकिकृत समाजवादी निकट अखिल नेपाल महिला संघ (समाजवादी) लुम्बिनी प्रदेशले देशभर भइरहेका लैंगिक हिंसाका घटनामा ध्यानआर्कषण गराउँदै सरकारलाई संवेदनशिल रुपमा प्रस्तुत हुन आग्रह गरेको छ ।

अनेमसंघ समाजावादी लुम्बिनी प्रदेशको बुधबार बुटवलमा बसेको तेस्रो बैठकले सामाजिक अत्याचार, महिंसा हिंसाका घटनाहरु बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्ने गरी सरकारलाई ठोस कार्यक्रम ल्याउन र सरकारलाई यस्ता मुद्धामा संवेदनशिल हुन आग्रह गरेको हो ।
अखिल नेपाल महिला संघ समाजवादीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र लक्ष्मी गैरै, नेकपा एकिकृत समाजवादीका पोलिटब्यूरो सदस्य एंव लुम्बिनी प्रदेश अध्यक्ष सोम प्रसाद पाण्डेको बिशेष उपस्थितीमा बसेको बैठकले संगठन निर्माणको गतीलाई चुस्त रुपमा अगाडि बढाउने निर्णय समेत गरेको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा कार्तिक मसान्तभित्र अनेमसंघ समाजवादीलाई अध्यावधि गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै अनेमसंघ समाजवादीका केन्द्रीय उपाध्यक्ष एंव राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले विद्रोहको औचित्य पुष्टि हुने गरी काम गर्न आग्रह गरिन ।
यस्तै पार्टीका पोलिटब्यूरो सदस्य एंव प्रदेशका अध्यक्ष सोमप्रसाद पाण्डेयले संविधान, समावेशिता र व्यवस्थाको रक्षाका लागि पार्टीले विद्रोहको बाटो लिएको बताउँदै समाजमा अझै पनि विभेदहरु कायमै रहेकाले अनेमसंघ समाजवादीले अग्रपंक्तिमा गएर त्यसका विरुद्ध लाग्नुपर्नेमा जोड दिए । बैठकमा अनेमसंघ समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य भगवती घिमिरे, प्रदेश अध्यक्ष उमा काफ्ले, उपाध्यक्ष लक्ष्मी भुसाल, सचिव गिता अन्जान केसीले बोल्दै अनेमसंघ समाजवादीलाई महिलाहरुको सशक्त संगठनका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

बैठकले आउदै गरेको हरितालिका तीजलाई आ आफ्नो जिल्लामा मनाउन समेत आग्रह गर्ने निर्णय गरेको सचिव गिता अन्जान केसीले जानकारी दिईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित