तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

भन्सार नीति कार्यान्वयनको प्रभावः साढे ३ महिनामा यात्रुले ल्याउने सामान बाट उठ्यो ८१ लाख राजश्व

बुटवल । देशकै दोस्रो ठुलो भारतिय सिमा नाका बेलहियाबाट एक सय भन्दा बढि रुपैयाँको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम बनाएपछि यात्रुले ल्याउने सामान बाटै लाखौ रुपैयाँ राजश्व संकलन भएको छ ।

भन्सार नीति कडाइका साथ पालना हुँदा भारतिय बजार सुनौलीमा किनमेल गर्न जाने नेपालीको संख्या ९० प्रतिशतले घटेको छ । गएकाहरुले पनि प्रज्ञापनपत्र भरेर सामान ल्याउँदा देशको ढुकुटी समेत बढेको छ ।

गत जेठ १५ गते देखि भन्सारबाट १ सय रुपैया भन्दा बढिको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम छ ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भटट्राईले स्थानियहरुले स्वतःस्फूर्त रुपमा प्रज्ञापन पत्र भरेर सामान ल्याउने गरेको बताए ।
उनले नीति कार्यान्वयको साढे २ महिनाको अवधिमा ८ हजार ९६ जनाले प्रज्ञापन पत्र भरेर सामान ल्याएको र त्यस बापत ८१ लाख २ हजार ९०३ रुपैयाँ राजश्व संकलन भएको बताए ।

नीति कार्यान्वन नहुँदा जेठ १ गते देखि १५ गते सम्म जम्मा ३ सय ५७ जनाले मात्रै प्रज्ञापनपत्र भरेका थिए ।

गत वर्षको जेठ महिनामा कुल ३ सय ६ जनाले मात्रै प्रज्ञापनपत्र भरेर समान लिएका थिए । त्यस्तै २०८० वैशाखमा १ हजार १ सय ८३ जनाले मात्र प्रज्ञापन पत्र भरेर सामान ल्याएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सारको नयाँ नियम पछि यतिबेला भारतिय बजार सुनौलीमा नगन्य मात्रामा नेपालीहरु किनमेलका लागि पुगेका छन् । भन्सार कार्यालय अगाडि किनमेल गरेर आउँनेहरुलाई कडाईका साथ चेकजाँच गरी भन्सार तिर्न अनिवार्य बनाइएको छ ।

सुनौलीमा ३५ बर्ष देखि जयसवाल किनारा पसल सञ्चालन गर्दै आएका अजय जैसवालले नेपालमा भन्सार अनिवार्य गरेपछि सुनौली सुनसान जस्तै बनेको बताए ।

पहिलेको तुलानामा ९० प्रतिशत व्यापार घटेको भन्दै भन्सार नीति पहिलेकै अवस्थामा ल्याउन भारतिय नेताहरुले माथिल्लो तहमा भन्नुपर्ने बताए ।
सुनौलीमै ७ बर्ष देखि कौसल गार्मेन्ट सञ्चालन गरेका जाका जैसवालले भारतकै लाचारिपनले नाकामा कडाइ भएको बताए ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले भन्सार नीति कार्यान्वयन बाट अब पछि नहट्ने बताए । उनले उपभोत्ताबाट राजश्व लिनु भन्दा पनि नेपाली बजारमा उपभोत्ताले किनमेल गर्ने प्रबृत्तीलाई बढवा दिन नीति कार्यान्वयनमा लिएको बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले नाकामा कडाई हुँदा यसले सरकार र नेपाली व्यवसाय सवैलाई फाईदा पुगेको बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित