मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

 इन्टर लियो टग अफ वार प्रतियाेगिता सम्पन्न

बुटवल । लियो क्लब अफ बुटवल मेट्रोसिटिले आयोजना गरेको इन्टर लियो टग अफ वार कम्पिटिसन कार्यक्रम सम्पन्न भएको छ। लियो क्लब अफ बुटवल मेट्रोसिटिका बर्ष २०२३÷२४ का अध्यक्ष सन्जिब सुनारको अध्यक्षता रहेको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष रामचन्द्र खनाल क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

लियो डिस्ट्रीक अन्तरगतका विभिन्न क्लबका १० टिमबिच भएको प्रतियोगिताको उपाधी आयोजक लियो क्लब अफ बुटवल मेट्रोसिटिले जितेको छ । प्रतियोगिताको उपबिजेता लियो क्लब अफ अल्फा न्यु होराइजन बनेको छ । बिजेताले नगद ७ हजार ५५१ सहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । यसैगरी उपबिजेताले नगद ४ हजार ५५१ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

कार्यक्रममा लियो डिस्टिक ३२५ पि नेपाल जिल्ला उपाध्यक्ष श्रद्दा कुंवर, लियो एड्भाइजर उमानाथ अधिकारी (उमेश),लायन्स क्लब अफ बुटवल मेट्रोसिटिका अध्यक्ष ई. गोबिन्द प्रसाद लामिछाने, जनप्रतिनिधि नकुल शाही ठकुरी , लियो जिल्ला सचिब श्रीधर बश्याल, लियो क्लब अफ बुटवल मेट्रोसिटिका संस्थापक अध्यक्ष मनोज गौतम, नि बर्तमान अध्यक्ष मित्रजन भण्डारी लगाएतले बोलेका थिए ।

बुटवल ११ देबिनगरस्थित लुम्बिनी बाणिज्य क्याम्पस प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रमको क्लबका सचिब जि डि शिखरको सन्चालन, उपाध्यक्ष पुनम कुंवर क्षेत्रीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम सयोंजक अमित गुप्ताले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित