तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

प्लाष्टिक दाना भनेर ल्याएको ट्रक भित्र २ करोड बढीको कपडा र काजु किसमीस भेटियो

प्लाष्टिकका दाना भनेर अर्कै सामान नेपाल भित्र्याउन खोज्ने दुईवटा ट्रक भैरहवा भन्सार कार्यालय बेलहियाले नियन्त्रणमा लिएको छ।
भारतबाट प्लाष्टिकका दाना भनेर बेलहिया भन्सार कार्यालय प्रवेश गरेका दुईवटा ट्रक चेक जांच गर्दा कपडा र काजु किसमिस लगायतका सामान भेटिएको भैरहवा भन्सार कार्यालय श्रोतले जनाएको छ।

भन्सार कार्यालय प्रमुख मनिराम पौडलले कार्यालयलाई प्राप्त सुचनाका आधारमा भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लाष्टिक दाना भनेर घोषणा गरेका २ वटा मालवाहक गाडीहरु चेकजांच गर्दा ठुलो परिमाणमा कपडा र काजु किसमिस लगायतका खाद्य सामग्री फेला परेपछि नियन्त्रणमा लिईएको बताए।
ना ५ ख ३३५ नम्वरको नेपाली ट्रक र युपी ५३ जीटी ०५७८ नम्वरको भारतीय मालबाहक गाडी भन्सार परिषरबाटै नियन्त्रणमा लिइ चेकजांच गरिएको भएपनि चालकहरु तत्कालै फरार भएकोले उक्त सामानको धनी को हो?भन्ने नखुलेको भैरहवा भन्सार कार्यालयका सुचना अधिकारी युवराज भटराईले बताए।

भन्सार कार्यालयको प्रवेशमा घोषणा गर्दा एउटा प्रकृतीको सामान छ भनेको गाडीमा अर्कै समान छ भन्ने सुचनाका आधारमा चेकजांच गर्दा कपडा काजु किसमीस लगायतका सामाग्री भेटिएको छ तर चालकहरु फरार भएका कारण कसको हो भन्ने खुल्न सकेको छैनसुचना अधिकारी युवराज भटराईले भने।
भन्सार कार्यालयका प्रमुख पौडेलका अनुसार सुक्रवार गरिएको प्रारम्भिक जांचका क्रममा नियन्त्रणमा लिइएका दुईवटा ट्रकहरुबाट करिव २ करोड बरावरका सामान रहेको पाईएको छ। अझै ति समानहरुको मुल्यांकन गर्ने काम हुदै छ हामीले अहिले गाडी बाहेक २ करोडको कपडा र काजु किसमिस लगायतका सामान भएको अनुमान गरेका छौं भन्सार प्रमुख पौडेलले भने।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित