तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नेपाली टमाटर भारत तर्फ निकासी हुन थाल्यो, नेपालीको भान्सामा भने महंगो

बुटवल । पछिल्लो समय टमाटरको भाउ नेपाली बजारमा आकासिएको छ । अहिले पनि नेपालीहरुले १०० देखि १३० रुपैया प्रतिकेजीमा खरिद गरिरहेका छन् । डेढ महिना अघि सम्म ४० रुपैयाँ रहेको टमाटर एक्कासी बढेको हो ।

नेपाली भान्सामा टमाटर महंगो हुँदै गर्दा नेपालबाट भने भारत तर्फ टमाटर निकासी हुन थालेको छ ।

भारतमा टमाटर उत्पादनमा कम हुँदा नेपालको टमाटर भारतमा निकासी हुन थालेको हो ।

रुपन्देहीको भैरहवा नाकाबाट पनि नेपाली टमाटर भारत तर्फ निकासी हुन थालेको छ । भन्सार कार्यालय रुपन्देहीका सूचना अधिकारी युवराज भटट्राईले भारतमा टमाटर कम उत्पादन भएको र हालै भारतले नेपालबाट टमाटर निकासी गर्न खुल्ला गरेपछि नेपाली टमाटर भारत तर्फ जान थालेको बताए ।

उनले अहिले सम्म ७ हजार २ सय केजी टमाटर निकासी भएको बताए ।

भारतले टमाटरको प्रतिबन्ध गरेपनि विभिन्न ‘चोर बाटो’बाट टमाटर भारतमा जाने गरेकोमा भारतले प्रतिबन्ध खुलाए संगै निकासीमा सहजता भएको छ ।

‘अहिले निकासी भएको छ । तर भारतमा टमाटरको उत्पादन बढेमा यहाँबाट निकासी हुन भने ग्राहो छ’ उनले भने ।

उनले निकासी भएको टमाटर नेपाली क्वारेन्टाइन कार्यालयबाट प्रमाणित गरेर पठाइएको बताए । नेपाली टमाटर भारत तर्फ निकासी गर्दा रोग भए÷नभएको, किरा नभएको भनी क्वारेन्टाइनबाट प्रमाणित गर्नुपर्ने प्रावधान छ ।

भैरहवामा रहेको डायमन्ड इन्टरनेसनलले भारत उत्तरप्रदेशको त्रिसागर फर्मर प्रोड्युसर कम्पनी लिमिटेडलाई टमाटर निर्यात गरेको हो । निकासी भएको टमाटर सल्यान कपुरकोटको हो । लामो समय पछि भारतले टमाटरमा प्रतिबन्ध खुलाएपनि नेपाली टमाटरले भारतमा प्रतिस्पर्धा गर्न भने सक्दैन ।

नेपाली किसानहरुले २ रुपैयाँमा पनि खरिद नभएको भन्दै सडकमै टमाटर पोखिरहेको अवस्थामा भारतमा टमाटर निकासी भएको यो पहिलो पटक हो ।

बुटवल कृषि उपज तथा थोक बजार केन्द्रका अध्यक्ष गोपाल भुसालले यस बर्ष भारतमा टमाटरको न्यून उत्पादन हुँदा नेपाली टमाटरले बजारमा मूल्य पाएको बताए ।

अहिले नेपाली बजारमा पनि भारतिय टमाटरको विक्रि शुन्य जस्तै रहेको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित