तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पैँचो पसलले उत्पादन गरेको सस न्यून गुणस्तरको भएको पुष्टि

न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा विक्री वितरण गरेको आरोपमा पैँचो पसल प्रा.लि.का प्रबन्ध निर्देशक ध्रुवराज न्यौपाने जरिवानामा परेका छन् ।

टमाटरको ससमा कम गुणस्तरको पदार्थ प्रयोग गरी निर्माण गरेको भन्दै गुल्मी जिल्ला अदालतले मंगलबार न्यौपानेलाई ५० हजार रुपैँया जरिवाना तोकेको हो ।

खाद्य पदार्थ तथा गुण नियन्त्रण विभागले पैँचो पसले उत्पादन गरेको उक्त ससलाई ०७८ पौष १८ देखि अनुसन्धान गर्दै आएको थियो ।

पछि विभागको तर्फबाट कर्मचारी प्रमिला राइले ०७९ चैत १४ मा गुल्मी जिल्ला अदालतमा पैँचोका प्रबन्ध निर्देशक न्यौपानेका बिरुद्ध मुद्धा दर्ता गराएकी थिइन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रतिवेदनका आधारमा न्यौपानेले सरकारको मापदण्डभन्दा कम गुणस्तरको टमाटरको सस उत्पादन गरेको भन्दै कारवाहीस्वरुप जरिवाना तोकिएको गुल्मी जिल्ला अदालतले जनाएको छ

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित