मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लायन्स क्लव अफ बुटवल मेट्रोसीटीको आयोजनामा वृहत स्वाथ्य शिविर (तस्वीरहरु)

बुटवल। लायन्स क्लव अफ बुटवल मेट्रोसीटीको आयोजानमा बुटवल उपमहानरपालिका वडा नम्बर १५ मा वृहत स्वाथ्य शिविर गरेको छ ।

बुटवल १५ उजेलापुरमा रहेको दुर्गा भवानी आधारभुत विद्यालयमा शिविर आयोजना गरिएको छ ।

विशेषज्ञ चिकित्सक सहितको ल्याव परीक्षण र फार्मेसी सेवा समेत प्रदान गरिएको लायन्स क्लव अफ बुटवल मेट्रोसिटिका अध्यक्ष एमजे एफ ला. ई. गोविन्द प्रसाद लामिछानेले जानकारी दिए । कार्यक्रममा लायन्स डिष्ट्कि पीएमजेएफ अर्जुनमान शैजुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

बुटवल उपमहानरपालिका वडा नम्बर १५ का अध्यक्ष तथा नगर प्रवक्ता शिव रानाको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पएएमजेएफ पुरुशोत्तम भत्त प्रधानांग, नेपाल जेसीजका पुर्व अध्यक्ष जगत बहादुर पोखरेल, पीएनजेएफ पुरोसोत्तोम भक्त प्रधानांग, पीएनजेएफ बालाराम भट्ट्राई, लायन डिस्टिकका पदाधिकारीहरुरु बिनोद खरेल, दिनेश श्रेष्ठ , बिनोद सुवेदी, राधिका लम्साल , विद्यालयका चन्द्र बहादुर छन्तेल, प्रधानाध्यापक रिता थापा, क्लवका पुर्व अध्यक्ष नवराज बन्जाडे,निवर्तमान अध्यक्ष राम प्रसाद बेलबासे, लियो क्लबका सस्थापक अध्यक्ष लियो लायन मनोज गौतम, लियो अध्यक्ष सन्जीव सुनार लगायतले आतिथ्यता रहेको थियो ।

क्लवका प्रथम उपाध्यक्ष लायन प्रदिप जीसीको संञ्चालनमा भएको कार्यक्रम आशिष लम्सालका संयोजकत्वमा भएको थियो । श्रीकृष्ण क्लिनिक, बुटवल उपमहानगरपालिकाको वडा नम्बर १५ को सौजन्यमा भएको कार्यक्रममा करिब ५०० स्थानीयको निःशुल्क स्वाथ्य परिक्षण, तथा प्रयोगशाला सुविधा प्राप्त गरेका थिए ।

स्वाथ्य शिविरमा स्त्री रोग विशेषज्ञ डा. सरस्वती श्रेष्ठ , हाडजोर्नी विशेषज्ञ डा. सञ्जीव आचार्य, मेडिकल अफिसर डा. रोहित खड्का लगायतले स्वाथ्य सेवा प्रदान गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित