मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

सियारीमा अनुगमन, अधिकांश स्वास्थ्य संस्थाहरु गाउँपालिकामा दर्ता तथा नविकरण नभएको भेटियो

सियारी। रुपन्देहीको सियारी गाउँपालिकाले सियारी क्षेत्रमा रहेका औषधी पसल तथा स्वास्थ्य क्लिनिकमा अनुगमन गरेको छ ।

कार्यालयले अनुगमन समितीको संयोजक एवं उपाध्यक्ष तारा थारुको संयोजकत्वमा सियारी ७ अमुवा र कनरीमा रहेका ४ वटा विभिन्न स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा अधिकांश स्वास्थ्य संस्थाहरु गाउँपालिकामा दर्ता नभएका तथा नविकरण नभई संचालनमा रहेको पाईएको अनुगमन समिति संयोजक थारुले जानकारी दिईन ।

सियारीले शुरु गरेको अनुगमनलाई निरन्तरता दिने जनाउदै उपाध्यक्ष थारुले पहिलो पटक उनीहरुलाई सम्झाई बुझाई नैसियत दिएर आएको र तत्काल दर्ता नविकरण लगाएकका काम नभए कानुनी कर्वाहीमा अगाडि बढ्ने बताईन ।

पालिकाले वडा नम्बर ७ मा रहेको युनिक मेडिको फार्मा, अमुवा पोलि क्लिनिक, मेरिना मेडिको सेन्टर, र गुप्ता हेल्थ क्लिनिकको अनुगमन गरेको थियो ।

त्यसमध्ये युनिक मेडिको फार्माले नियम विपरित बिरामीको जाँच गर्ने गरेको तथा जथाभावि रुपमा फोहर फाल्ने गरेको हुदा फोहर व्यस्थापन गर्न सुझाव दिएर आएको स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले जानकारी दिए । उ

नले अनुगमन निरन्तर हुने भएकोले पहिलो पटक सचेत गराइएको स्वास्थ्य संस्थाहरुमा पुनः अनुगमन गरिने र सुधार नभएको पाइएमा कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाइने बताए ।

स्वास्थ्य स्वास्था अनुगमनमा आएको थाह पाएपछि अमुवामा रहेको एलिशा मेडिको फार्मा सटर लगाएर हिडेको स्थानियले जनाएका छन् ।
अनुगमन टोलीमा गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपाने, योजना शाखा प्रमुख रोमलाल पुरी, पत्रकार, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो ।
ण्ण्ण्ण्ण्ण्

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित