तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

१ अर्बको लागतमा कमलको फूल आकारको भारतीय बिहार लुम्बिनीमा बन्दै

बुद्धजन्मस्थल लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध सँस्कृती र सम्पदा केन्द्रको निर्माण शुरु भएको छ । बुद्धजन्मस्थल लुम्बिनी स्थित विहार क्षेत्रमा अन्तर्राष्ट्रिय बुद्धिष्ट परिसंघको लगानीमा भारतीय बौद्ध संस्कृती र सम्पदा केन्द्रको निर्माण शुरु भएको हो ।

गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएको बेला मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रुपमा भारतीय विहारको शिलान्यास गरेका थिए ।

विहार निर्माण स्थलमा बौद्ध परम्परा अनुसार पूजा र भिक्षुभिक्षुणीबाट पाठ गरेर कमल फूल आकारमा तयार हुने गरी विहारको निर्माण थालिएको छ ।

भूमिपुजन कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज) ले अन्तर्राष्ट्रिय स्तरको भारतीय विहारको निर्माण प्रारम्भ हुनु सुखद भएको बताउँदै यसले बुद्ध जन्मस्थलको गरिमालाई थप उचाईमा पु¥याउने बताए ।

उनले नेपाल र भारतबीचको सम्बन्ध दुई छिमेकी देशका रुपमा मात्र सीमित नभई भगवान गौतमबुद्धका कारण हजारौं बर्षअघिदेखि नै साँस्कृतिक रुपमा जोडिएको बताए ।

जिरो नेट प्रविधिमा कमलको फूल आकारमा डिजाईन गरिएको विहार १ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण हुने जनाइएको छ । लुम्बिनी गुरुयोजना भित्रको विहार क्षेत्रमा विहार निर्माण शुरु भएको कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए ।

उनले जिरो नेट प्रविधि अर्थात बाहिरी विजुली नै आवश्यक नपर्ने गरी आधुनिक विहार भवन निर्माण हुने बताए । एसिसि इन्डिया र गोर्खा विल्डर्स जेवीले आगामी १८ महिनाभित्र आधुनिक खालको विहार निर्माण पूरा गर्ने गरी सम्झौता गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित