तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रुपन्देहीमा एकै वर्ष २१७ उद्योग बन्द

बुटवल ।रुपन्देहीमा पछिल्लो समय विभिन्न कारणले साना तथा मझौला उद्योग धमाधम बन्द भइरहेका छन् । जिल्ला घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अनुसार यो आर्थिक वर्षमा २१७ उद्योग बन्द भएको छ ।

बन्द हुनेमा उत्पादनमूलक उद्योगमा ८४, कृषि तथा वनजन्य उद्योगमा १९, सेवामूलक  उद्योग ६३ र पर्यटन उद्योगमा ५१ रहेका छन् । ती उद्योगहरूमा  कन्तीमा १२ हजारले रोजगारी गुमाएका छन् ।

लोडसेडिङ, बढ्दो आर्थिक मन्दी, बैङ्कको चर्को ब्याजदर मुख्य समस्या भएको उद्योगीहरूको भनाइ छ ।

रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल औद्योगिक क्षेत्रको रूपमा चिनिएको रुपन्देहीमा एक वर्षमै २ सय भन्दा धेरै उद्योग बन्द हुँदा यसले यहाँका उद्योगीहरूको अवस्था कता जाँदैछ भन्ने सङ्केत गरेको बताउँछन् ।

उनले रुपन्देहीमा कोभिड महामारी, त्यसपछि बैंकको व्याजदार, आयात निर्यातमा केही नीतिगत समस्याले गर्दा उद्योगहरू चरम मारमा परेको बताए ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले रुपन्देहीमा सेवामूलक उद्योगहरू बन्द हुनुमा विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न ध्यान नदिनु, बैङ्कको ब्याज र बजारको समस्याले साना उद्योगलाई समस्या भएको बताए ।

रुपन्देहीमा घरेलुमा  करिब ११ हजार  ३० उद्योग दर्ता छन् । जिल्ला घरेलु कार्यालयले अहिलेसम्म ११०९ उद्योग नवीकरण भएको जनाएको छ । त्यसमा १ हजार भन्दा बढी त रुपन्देही उद्योग संघमै आबद्ध छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित