युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

तिलोत्तमाका विद्यालयमा शुक्रबार पाठ्यपुस्तक रहित सृजनात्मक सीप विकास कार्यक्रम सञ्चालन

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शुक्रबार पाठ्यपुस्तक रहित सृजनात्मक सीप विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

एक सूचना जारी गर्दै नगरपालिकाले शुक्रबारका दिन कला, योग शिक्षा, साहित्य, संगित, खेलकुद लगायतका सृजनात्मक कार्यहरु तथा इमान्दारिता, अनुशासन, सदाचारिता सम्बन्धि व्यवहारिक शिक्षा प्रदान गर्ने बताएको हो ।

यो कार्यक्रम सुरु हुनेभएपछि अबदेखि शुक्रबार विद्यार्थीहरुले विद्यालय जाँदा पुस्तक बोक्नु पर्ने छैन् ।

नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रत्येक शुक्रबार पाठ्यपुस्तक रहित सृजनात्मक सीप विकास कार्यक्रम गर्ने भएकाले विद्यार्थीहरुले पाठ्यपुस्तक बोक्नु नपर्ने भएको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले बताए ।

यस्तै नगरपालिकाले विद्यालय क्षेत्र तथा सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थको विक्री वितरण एवं सेवन रोक लगाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित