तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

मगर महिला संघ बुटवलद्वारा विद्यार्थीलाई बधाई तथा सम्मान

बुटवल । त्रिभुवन विश्वविद्यालय अन्तरगत बीसीएस दोस्रो वर्ष २०७८ को परीक्षामा नेपाल प्रथम हुन सफल बुटवलकी आयुश्मा रेश्मीलाई नेपाल मगर महिला संघ बुटवल उपमहानगरले सोमबार सम्मान गरेको छ । बुटवलकै लुम्बिनी वाणीज्य क्याम्पसमा अध्ययन गर्ने बुटवल–१२ की रेश्मीले देशभरबाट सबैभन्दा बढी ८४ दशमलव ४ अंक प्राप्त गर्न सफल भएकी थिइन् ।

सम्मानित भएपछि बोल्दै आयुश्माले विद्यार्थीहरु प्रविधिको विकाससँगै आएका विभिन्न सामाजिक सञ्चालहरुसँग सचेत रहनु पर्ने उल्लेख गरिन् । विद्यार्थीले आफ्नो अध्ययनमा ध्यान केन्द्रित गर्नका लागि सामाजिक सञ्जालहरुलाई केही समय रमाइलोका लागि प्रयोग गरिए पनि त्यसलाई नै आफ्नौ जीवन शैलीका रुपमा प्रयोग गर्न नहुने अनुभव सुनाइन् । आफूसँगै सम्मानित भएका एसईई उत्तिर्ण विद्यार्थीलाई बधाई दिँदै उनले आफ्नो महत्वपूर्ण समय समाजिक सञ्चालभन्दा बढी अध्ययनमा खर्चिन सुझाब दिइन् ।

यसैगरी एसईई परीक्षा २०७९ मा उत्कृष्ट नतिला ल्याई उत्तिर्ण हुने संघमा आवद्ध परिवारका विद्यार्थीलाई समेत सम्मान गरिएको छ । विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरकी उप मेयर सावित्रादेवी अर्यालले राजनीतिक क्षेत्रमा पनि अब शिक्षित र प्राज्ञिक व्यक्तिहरुको प्रवेश आवश्यक रहेको बताइन् । नेपाल प्रथम हुन सफल छात्रा आयश्मा रेश्मीले अवसर प्राप्त गर्न सकेमा महिलाहरु अब्बल छन् भन्ने कुरा प्रमाणित गरेको उल्लेख गरिन् । यसैगरी राज्य सञ्चालनका हरेक निकायमा महिला सहभागिताका लागि शिक्षित र राजनैतिक रुपले प्रशिक्षित पात्रहरुको खाँचो रहेको उल्लेख गरिन् । अबको नेतृत्वको हिजोको जस्तो नभई सीप, ज्ञान र प्रतिभाले भरिपूर्ण युवाहरुले गर्नुपर्नेमा जोड दिइन् ।

सम्मान कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाती महासंघ लुम्बिनी प्रदेश समन्वय समितिका सचिव मनोज राना, मगर महिला संघ बुटवलका कानूनी सल्लाहकार गोविन्द पुन, संघकी संस्थापक सचिव तथा सल्लाहकार कुमारी थापा लगायतले बोल्दै ईतिहासदेखिनै जातीय विभेदमा पर्दै आएको मगर समुदायको उत्थान र परिवर्तनका लागि शिक्षा महत्वपूर्ण कडी रहेको उल्लेख गरे । समाज रुपान्तरणको प्रमुख आधारनै शिक्षा भएकोहुँदा मगर समुदायको उत्थानका लागि उनीहरुलाई शैक्षिक रुपमा तथा ज्ञान र प्रविधिमा अब्बल बनाउन आवश्यक रहेको उनीहरुले बताए ।

संघकी सल्लाहकार सकुन्तला पुनले विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै हिँजोदेखि शैक्षिक रुपमा पिछडिएको ईतिहासलाई अबका युवाहरुले परिवर्तन गर्न आग्रह गरिन् । संघ अध्यक्ष गौमाया थापाको अध्यक्षता तथा सचिव तिर्थकुमारी सोमरेको सञ्चालनमा सम्मान कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित