तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले ग¥र्यो ६०.३२ प्रतिशत मुद्धा फछ्यौट

बुटवल। उच्च अदालत तुल्सीपुर, बुटवल इजालसले आर्थिक वर्ष ०७९।०८० मा जम्मा ६०.३२ प्रतिशत मुद्धा फछ्यौट गरेको छ । अदालतले बिहीबार अदालत परिसरमा पत्रकार सम्मेलन गरी एक वर्षको अवधीमा ६०.३२ प्रतिशत मुद्धा फछ्यौट भएको जानकारी गराएको हो ।

२०८० असार मसान्तसम्ममा अदालतमा परेका मुद्धा को विवरण र फछ्यौट भएका नभएका मुद्धाहरुको प्रगतिबारे अदालतका रजिष्टार अच्युत कुइकेलले  एक वर्षको अवधीमा २३ सय ४६ वटा मुद्धा फछ्यौट भएको बताए ।

२०७९।०८० मा १६ सय ५३ वटा मुद्धा फछ्यौट हुन बांकी रहेका थिए, भने नयां दर्ता २१ सय २२ गरी ३७ सय ७५ वटा मुद्वामा जम्मा २३ सय ४६ वटा मुद्वा फछ्यौट भएको जानकारी गराईएको छ ।

वार्षिक पछ्यौट २४ सय ५४ वटा मुद्वा फछ्यौट गर्ने उच्च अदालत तुल्सीपुर, बुटवल इजालसको लक्ष्य भएपनि लक्ष्य पुरा हुन नसकेको रजिष्टार अच्युत कुइकेलले जानकारी गराए ।

रजिष्टार अच्युत कुइकेलका अनुसार आर्थिक वर्ष ०७९।०८० मा दर्ता भएका मुद्धा मध्ये फछ्यौट हुन १५ सय ४३ वटा मुद्धा बांकी रहेका छन् ।

सोही पत्रकार सम्मेलनमा बोल्दै उच्च अदालत तुल्सीपुर, बुटवल इजालसका न्यायधिश नित्यानन्द पाण्डेयले अदालतमा मुद्वाहरुको संख्या बढेको बताए ।

कार्यसम्पादनमा कमी नभएपनि प्रत्येक अदालतमा संख्यात्मक रुपले मुद्वाहरु बढ्दै गएको बताए ।

उनले आवश्यक अनुसार कर्मचारीको अभाव र भवन व्यवस्थित नहुंदा लक्ष्य अनुसार मुद्धा हरु फछ्यौट हुन नसकेपनि कार्यसम्पादनमा कमी नआएको दाबी गरे ।

नयां शासन प्रणालीमा संघीय, प्रदेश र स्थानीय सरकारवीच काममा समस्या उत्पन्न हुंदा पनि मुद्वाको संख्या बढेको न्यायधिश नित्यानन्द पाण्डेयको भनाइ छ ।

उच्च अदालत तुल्सीपुर, बुटवल इजालस अन्तर्गतका जिल्ला रुपन्देहीसहित अर्घाखांची, कपिलवस्तु, गुल्मी, नवलपरासी, र पाल्पामा फछ्यौट भएका मुद्वाहरुको संख्या र प्रतिशत पनि सार्वजनिक गरिएको छ ।

आर्थिक वर्ष ०७९।०८० मा रुपन्देहीमा ८३ सय ९४ वटा मुद्धामा ४८ सय ६० मुद्वा फछ्यौट भएका छन् भने ३५ सय ३४ वटा मुद्धा फछ्यौट हुन बांकी छ । फछ्यौट भएका मुद्वोको प्रतिशतको आधारमा रुपन्देहीमा ५७.८९ प्रतिशत मुद्वा फछ्यौट भएका छन् ।

अर्घाखांचीमा ४७.७० प्रतिशत मुद्धा फछ्यौट भएका छन् ।  अर्घाखाँची  ५ सय २७ मुद्वामा २ सय ५१ मुद्धा फछ्यौट भएका छन्, भने २ सय ७६ वटा मुद्धा फछ्यौट हुन बांकी छन् ।

कपिलवस्तुमा ४४ प्रतिशत मात्रै मुद्धा फछ्यौट भएका छन् । ४१ सय ८१ वटा मुढामा १८ सय ४० वटा मुद्धा फछ्यौट भएका छन्, भने २ सय २१ वटा मुद्वा फछ्यौट हुन बांकी छन् ।

गुल्मीमा ८०.८९ प्रतिशत मुद्धा फछ्यौट भएका छन् । ७ सय १२ मुद्वामध्ये ५ सय ७६ वटा मुद्वा फछ्यौट भएका छन्। भने १ सय ३६ मुद्धा फछ्यौट हुन बांकी छन् ।

यस्तै नवलपरासीमा ५०.५२ प्रतिशत मुद्धा फछ्यौट भएका छन् । ३५ सय ३३ मुद्धा मध्ये नवलपरासीमा १७ सय ८५ मुद्धा फछ्यौट भएका छन्, भने १७ सय ४८ वटा मुद्धा फछ्यौट हुन बांकी छन् ।

पाल्पामा ७२ प्रतिशत मुद्धा फछ्यौट भएका छन् । १ हजार १६ वटा मुद्वामा ७ सय ३१ मुद्धा फछ्यौट भएका छन्, भने २ सय ८५ वटा मुद्धा फछ्यौट हुन बांकी छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित