तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

होराइजन ‘जिविएस’मा अभिमुखीकरण कार्यक्रम गरिँदै

बुटवल । तिलोत्तमा नगरपालिका स्थित ड्राइभरटोलमा रहेको होराइजन जविएस ले शैक्षिक सत्र २०८०÷८१ लागि भर्ना भएका विद्यार्थीहरूको अभिमुखीकरण गर्ने भएको छ ।
कार्यक्रम साउन ८ र ९ गते विद्यालयको सेमिनार हलमा हुने विद्यालयले जनाएको छ ।
विज्ञान तथा व्यवस्थापन सङ्कायमा अध्यायन हुने होराइजन जिविएसमा १ हजार ५०० जना विद्यार्थीहरू अध्ययन गर्ने गरेकोे र उत्कृष्ट नतिजासँगै राष्ट्रमै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा पहिचान बनाएको छ।
प्रवेश परीक्षा बाट उत्तिर्ण भएको विद्यार्थीहरुलाई र अभिभावकहरुको सहभागितामा विद्यालयले ८ र ९ गते दुई दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।
विगतदेखि नै नेपाल प्रथमसहित अब्बल बनेको होराइजन अत्याधुनिक ल्याब र विद्यार्थीको लागि एस सहितको कक्षाकोठा निर्माण गर्नुका साथै विद्यार्थीहरूलाई शान्त तथा बुटलकै चर्चित प्राध्यापकहरूबाट अध्यापन गराउदै आएको प्राचार्य गोपाल प्रसाद आचार्यले बताए। स्थापना कालदेखि नै उत्कृष्ट रिजल्ट ल्याउदै आएको होराइजनले अहिले पनि विभिन्न सङ्कायमा उत्कृष्ट रिजल्ट ल्याउने गरेको छ। विद्यार्थीहरूलाई पढाइ सँगसँगै खेलकुद प्रतियोगितामा पनि उत्तिकै जोड दिइने होराइजनमा खेलका विभिन्न विधामा राष्ट्रिय टिमसमेत तयार पारी प्रतिष्पर्धा गराई धेरै पटक विजेता बनेको सहायक प्राचार्य इन्द्र भुसालले जानकारी दिए ।
राष्ट्रिय रूपमै आफ्नो पहिचान बनाएको होराइजनमा अहिले पनि १० औं हजार विद्यार्थीहरूलाई शिक्षण सिकाइमा सहभागी बनाउदै आएको हुँदा आफूहरूले सङ्ख्यात्मक भन्दा गुणस्तरीय शिक्षामा जोड दिएको प्राध्यापक डा. नारायणप्रसाद पन्थले बताए ।
गुणस्तरीय शिक्षाका निम्ति होराइजन गौतम बुद्ध उत्कृष्ट शैक्षिक गन्तव्य भएको र अभिमुखीकरण कार्यक्रममा अभिभावकहरुलाई पनि सहभागी गराइने प्राध्यापक प्रदीप अर्यालले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित