मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

रातो च्याउँ उत्पादनमा अव्वल केशवबहादुर

बुटवल । पाल्पाका किसान केशवबहादुर कार्कीले रातो च्याउं उत्पादन गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

रातो च्याउं प्रतिकिलो ६ हजार रूपैयांमा बिक्री हुन्छ । गानोडर्मा भनिने रातो च्याउ सुकाएर विदेशमा बेच्दा किलोको ३५ हजार रूपैयांसम्म पर्ने कार्कीले बताए ।

तानसेन–८ जरेपिपलमा भैरव च्याउ उद्योग प्रालि स्थापना गरेर कार्कीले विगत ४ वर्षले अत्याधुनिक प्रविधि सहितको मशिन जडान गरेर च्याउं उत्पादन गर्दै आएका छन् ।

भैरव च्याउ उद्योगले नेपालीलाई सस्तोमा दिने उद्देश्यले प्रतिकिलो ६ हजार रुपैयांमा बिक्री गर्ने गरेको छ । २ दशकदेखि व्यावसायिक च्याउ उत्पादनमा लागेका कार्कीले रातो च्याउ प्रशोधन गरी कफी र पाउडरको रूपमा बजारमा पठाउने गरेका छन् ।

रातो च्याउ अहिले बुटवल, पाल्पा, अर्घाखांची, गुल्मी सहित लुम्बिनी प्रदेशभर जाने गरेको छ । रातो च्याउ मुख्यतः औषधिका लागि प्रयोग गरिन्छ । सुकाएर च्याउको टुक्रालाई चिया जस्तै उमालेर पिउने गरिन्छ ।

५१ बर्षीय केशवले विभिन्न काठका मुढाहरू कटान गर्दा निस्केका पात, हांगा र झारपातलाई समेत धुलो बनाएर त्यसैको धुलोका बलमा गानोडर्मा च्याउ उत्पादन गर्दछन्।

यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट, एन्टिभाइरल, एन्टी फंगल र एन्टी ब्याक्टेरियल गुण हुने भएकाले यो च्याउ औषधिको रूपमा प्रयोग हुन्छ । यसलाई एसियाली आयुुर्वेदमा वनस्पतिको राजा भनिएको छ ।

रातो च्याउ उत्पादनमा उदाहरण बन्नुभएका कार्कीले दैनिक ५ लाख रूपैयांको च्याउ उत्पादन गर्ने गरेको बताउनुभयो । २५० बढी पोषण खाद्य तत्वयुक्त औषधिजन्य गुण भएको रातो च्याउको काठलाई मशिनमा कुटेर धुलो बनाएर बल बनाउने र स्टीम गरेपछि च्याउको बीउ राखिन्छ ।

त्यसका लागि आधुनिक प्लान्ट जडान भएको छ । एउटा बलबाट ५०० ग्राम र मुढाबाट ७ किलोसम्म रातो च्याउ फल्छ । २०–३५ डिग्रीसम्ममा यो च्याउ फलाउन सकिन्छ ।

उद्योगले ५ वर्षअघिदेखि सिताके च्याउ पनि व्यावसायिक उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । २०५९ सालमा १ लाख लगानी गरी च्याउ खेती शुरू गर्नुभएका कार्कीको उद्योगमा अहिले ५ करोडभन्दा बढी लगानी पुगेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित