तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सिद्धबाबा धाममा हुने गरेको अनियमितता छताछुल्ल

बुटवलको सिद्धबाबाधाम विकास समितिमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ३ तल्लो सिद्धबाबामा रहेको धाम विकास समितिमा दाताहरुले सेवा शुल्क वापत दिएको रकममा नै अनियमितता हुने गरेको देखिएको हो ।

पाल्पाको तिनाउ गाउंपालिका वडा नं. ३ स्थित माथिल्लो सिद्धबाबा मन्दिर दर्शन तथा पूजापाठको लागि देशभर चर्चित छ भने बुटवल ३ स्थित तल्लो सिद्धबाबाको नामले परिचित धाम विकास समिति विवाह, व्रतवन्ध तथा विभिन्न धार्मिक कार्यहरुका लागि चर्चित छ ।

मन्दिर र धाम विकास समितिमा व्यवस्थापन समिति समेत छुट्टाछ्ुट्टै गठन गरि काम गर्दै आएका छन् ।

तल्लो सिद्धबाबा धाम विकास समितिले विवाह, व्रतबन्ध जस्ता धार्मिक कार्यहरु गराएवापत सेवा शुल्क भन्दै निश्चित रकम लिने गर्छ ।
तर दाताहरुबाट संकिलत सोहि रकम समेत अनियमितता गरिएका कृते रसिदहरु सार्वजनिक भएका छन् ।

समितिले दाताहरुलाई दिएका पहिलो रसिद र त्यसैको छायां प्रतिमा फरक फरक रकम लेखिएको भेटिएपछि धामविकास समितिमा हुने गरेको अनियमितता छताछुल्ल भएको छ ।

सार्वजनिक भएका रसिदमा दाताबाट १ हजार ५ र १ हजार १ सय ५ रुपैयां लिएको उल्लेख गरिएको छ भने तीनै रसिदका छायाँ प्रतिमा भने ५ सय ५ रुपैयां लेखिएको छ ।

२०७९ साल असार २२ गते सैनामैना ४ रुपन्देहीका कुमार कार्कीले धामविकास समितीलाई रसिद काटेरै १ हजार १ सय ५ रुपैयां बुझाएपनि सोहि रसिदको छायां प्रतिमा भने ५ सय ५ रुपैया मात्रै लेखिएको छ ।

गत मंसिर २६ गते रुपन्देहीको हिरापुरकी तिला कुमारी खड्का र मंसिर २८ गते बुटवल ११ की गंगा रायमाझीले पनि रसिद काटेरै धाम विकास समितिलाई १ हजार १ सय ५ रुपैयां प्रदान गरेका थिए । तर गंगा र तिला कुमारीलाई दिईएका रसिदका छायां प्रतिमा पनि ५ सय ५ रुपैयां मात्र उल्लेख गरिएको छ । पछिल्लो समय समितिमा विवाद उत्पन्न भएपछि नेतृत्व चयन हुन सकेको छैन ।

गत मंसिरमा नेतृत्व चयन हुनुपर्ने भएपनि अधिवेशनमा सहमती नजुटेपछि काम चलाउ अध्यक्षको जिम्मेवारी कृष्ण प्रसाद तिमिल्सेनाले नै सम्हाल्दै आएका छन् ।

यहि बीचमा नगदी रसिदहरु सार्वजनिक गरेर आफुलाई फसाउन र बदनाम गराउन पुरानो घटना बाहिर ल्याईएको उनको दावी छ । तिमिल्सेनाका अनुसार दाताबाट रकम लिएर काटिएका रसिदमै कृते गरिएको पाईएपछि समितिले १ महिना अघि नै धाम विकास समितिका कर्मचारी तारानाथ उपाध्याय र पुजारी भुवन ज्ञवालीलाई निलम्बन गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित