युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देही–३ द्वारा खेलकुद सामाग्री वितरण

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देही क्षेत्र नं. ३ कमिटिको आयोजना खेलकुद सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

विभिन्न शैक्षिक गतिविधि, स्वास्थ्य सचेतनामुलक एवं सामाजिक गतिविधि गर्दै आएको संघको क्षेत्रिय कमिटिले शनिबार तिलोत्तमा नगरपालिका वडा नं. १३ स्थित बनकट्टी रहेको सक्षम पाईला रिहाविलिटेसन सेन्टरमा खेलकुद सामाग्री वितरण गरेको हो ।

खेलकुद सामाग्री वितरण कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवं नेकपा एमाले रुपन्देही जिल्ला कमिटि सदस्य मनोज गौचनले रिहाविलिटेसन सेन्टरमा रहेका युवाहरुलाई खेल मार्फत नयाँ जीवनमा फर्काउने उद्देश्यले खेलकुद सामाग्री वितरण गरेकोमा कमिटिलाई धन्यवाद दिए ।

उनले युवा शक्ति देशको परिर्वतनकारी रहेको भन्दै सुधार घरबाट नयाँ जीवनका साथ बाहिर आएर युवाले समाज रुपान्तरणको अभियानमा लाग्नुपर्ने बताए । अहिले पनि सुधार घर प्रति धेरैको सोच नकरात्मक रहेको भन्दै सुधार घर जीवन बुझ्ने थलो पनि रहेको उनले बताए ।

कमिटिले भलिवल, फुटवल, चेस, लुडो लगाएतका खेल सामाग्री सक्षम पाइलाका ईन्चार्ज मनकार पुनलाई हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य बुद्धिराज थापा, राष्ट्रिय युवा संघ रुपन्देहीका जिल्ला अध्यक्ष विकास बस्नेत, उपाध्यक्ष दिपक खड्गी, राष्ट्रिय युवा संघ तिलोत्तमा नगरपालिकाका ईन्चार्ज राजकुमार क्षेत्री लगाएतले बोल्दै राष्ट्रिय युवा संघ अब समाज परिर्वतनको संवाहक बन्न लागेको बताए ।

कार्यक्रम युवा संघ नेपाल रुपन्देही क्षेत्र नं. ३ का संयोजक कुशल थापाको अध्यक्षता तथा युवा संघ जिल्ला कमिटि सचिबालय सदस्य सम्झना केसी थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित