तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी प्रदेशमा ४ दिनमा मात्रै पौने ५ अर्ब खर्च (ग्राफिक्स सहित)

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २८ प्रतिशत बजेट फ्रिज बनाएको छ ।

चालू बजेटको जम्मा ४२ अर्ब, ६३ करोड ५७ लाखको बजेटमध्ये ३० अर्ब ५७ करोड ७४ हजार ४५४ मात्रै खर्च भएको हो । यो ७१ दशमलव ७० प्रतिशत हो । खर्चको यो प्रतिशत पुराउन पनि पछिल्लो ४ दिनमा कुल बजेटको ११ दशमलव ८ प्रतिशत बजेट अर्थात् ४ अर्ब ७२ करोड ४० लाख बजेट खर्च गरिएको छ ।

आर्थिक वर्षको अन्तिम ४ दिन असारको २० गतेदेखि २४ गतेसम्मको अवधिमा यो बजेट खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष शुरुवातको ४ महिना अर्थात् कात्तिकसम्म जम्मा ३ अर्ब ७६ करोड बजेट मात्रै खर्च गरेको थियो । त्यो चार महिनाको खर्चभन्दा अहिले ४ दिनमा बढी खर्च भएको हो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि चालुतर्फ १२ अर्ब ८२ करोड ९३ लाख ८९ हजार र पुँजीगततर्फ १७ अर्ब ७४ करोड ६ लाख ८५ हजार गरी ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट ल्याएको थियो ।

 

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित