मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

यस्ता छन् मणिमुकुन्द कलेजका उपलब्धि

 बुटवलको योगिकुटीस्थित मणिमुकुन्द कलेजले आफ्ना विद्यार्थीहरुले शैक्षिक र अतिरिक्त क्रियाकलापमा हासिल गरेका उपलब्धीहरु सार्वजनिक गरेको छ ।
शनिबार कलेजमा पत्रकार सम्मेलन गरी प्राचार्य टुकबहादुर क्षेत्रीले कलेजमा पढेका आशिष यादवले गत वर्ष लिइएको एमबीबीएसको पूर्ण छात्रवृत्ति प्रवेश परीक्षामा नेपाल छैठौं भएको जानकारी गराए । यस्तै त्यसअघिको एमबीबीएसको प्रवेश परीक्षामा राहुल वर्मा नेपाल पांचौं भएका उनले बताए । यस्तै काजोल मल्ल बीबीएसमा त्रिविवि दोस्रो र विकास भट्टराई त्रिविवि तेस्रो भएको बताए ।
मणिमुकुन्दमै पढेकी दाङकी ज्योति केसी एरोस्पेस इन्जिनियरिङको पढाइका लागि अमेरिकामा नाम निकाल्न सफल भई अमेरिकी वायुसेनामा भर्ती भइ अहिले अन्तरिक्ष यात्राको तयारीमा जुटेकी बताए । शैक्षिक क्रियाकलापसंगै कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै काम गरेको,विशेषगरी भलिबल खेलाडी, रेफ्री र कोच उत्पादनमा महत्वपूर्ण योगदान गरेको प्राचार्य क्षेत्रीले जानकारी गराए ।
कलेजका संयोजक पशुपति चौधरीले कलेजले कक्षा ११ मा भर्ना हुंदा एसईईमा उत्कृष्ट अंक ल्याएका विद्यार्थीसंगै आर्थिकरुपले विपन्न, जेहेन्दार,द्वन्द्वपीडित,फरक क्षमता भएकाहरुलाई शुल्कमा विशेष छुटका साथै जुनसुकै शिक्षक–प्राध्यापकका छोराछोरीलाई शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था रहेको जानकारी दिए ।
 
कलेजका सञ्चालक उमापति न्यौपानेले शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापमा प्रदेशमै अग्रणी संस्थाको पहिचान कलेजले बनाउन सकेको भएपनि प्रचार प्रसारमा ध्यान नदिंदा कलेजका उपलब्धीहरु ओझेलमा परेका बताए ।
कलेजमा प्लस टु तर्फ विज्ञान र व्यवस्थापन संकायको पढाई हुने उनले बताए ।
पत्रकार सम्मेलनमा पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले अब्बल नतिजा र उत्कृष्टतामा निरन्तरताका कारण कलेजले बेग्लै पहिचान बनाएको बताए । उनले  विद्यार्थीलाई सुविधा र गुणस्तरीय शिषा दिन इमान्दार हुनुपर्ने सुझाव दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित