तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

यो बर्ष रुपन्देहीका कुनै पनि विद्यार्थीले ल्याएनन् ४ जिपिए

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) ०७९ मा रुपन्देहीबाट कुनै पनि विद्यार्थीले ४ जिपिए नल्याएको शिक्षा विकास तथा समन्वय ईकाइ रुपन्देहीले जनाएको छ ।

जम्मा १३८ विद्यालयका १७ हजार ९१५ जना विद्यार्थी एसईईमा सहभागि भएकोमा यो बर्ष कुनै पनि विद्यार्थीले ४ जिपिए नल्याएको ईकाइ कार्यालयले जनाएको छ ।

जिल्लामा सवैभन्दा बढि विद्यार्थीले १ दशमलव ६ देखि २ जिपिए भन्दा कम अंक ल्याएका छन् । ३ हजार ३४६ विद्यार्थीले १ दशमलव ६ भन्दा माथी र ३ जिपिए भन्दा कम ल्याएको ईकाइ कार्यालयले जनाएको छ ।

यसैगरी २ दशमलव ४ भन्दा माथी २ दशमलव ८ भन्दा कम ल्याउने विद्यार्थीको संख्या ३ हजार २३७ रहेको छ । यसैगरी २ दशमलव ८ भन्दा माथी ३ दशमलव २ भन्दा कम ल्याउने विद्यार्थीको संख्या जिल्लामा ३ हजार २२४ रहेको छ ।

यसैगरी १ दशमलव २ भन्दा माथी १ दशमलव ६ भन्दा कम ल्याउने विद्यार्थी १ हजार ९९७ रहेका छन् ।

३ दशमलव २ भन्दा माथी ३ दशमलव ६ भन्दा कम जिपिए ल्याउने विद्यार्थी १ हजार ९५८ रहेका छन् । यसैगरी जिल्लामा ३ दशमलव ६ भन्दा माथी ४ जिपिए भन्दा कम ल्याउने विद्यार्थीको संख्या ६१३ रहेको छ । शुन्य दशमलव ८ भन्दा माथी १ दशमलव २ भन्दा कम ल्याउने विद्यार्थीको संख्या जिल्लामा १५८ रहेको छ ।

जिल्लामा यस बर्ष नियमित तर्फ १७ हजार ४७३, प्राविधिक धार तर्फ ४४२ र ग्रडबृद्धि तर्फ ४५५ विद्यार्थी एसईईमा सहभागि भएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित