तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

भीएक्सएल कन्सल्टेन्सीको चौथो शाखा बुटवलमा

भी एक्स एल माइग्रेसन एण्ड एजुकेसन कन्सल्ट्यान्टस्को नेपालको चौथो शाखा बुटवलमा सञ्चालनमा आएको छ । बुटवल मिलनचोकमा सञ्चालनमा आएको शाखाको कन्सल्ट्यान्टस्का ग्लोबल डाइरेक्टर नवीन पन्तले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै उनले रुपन्देही र आसपासबाट उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया,क्यानाडा,युके, आयरल्याण्ड र फिलिपिन्स जान चाहने विद्यार्थीहरुको मागका आधारमा उनीहरुलाई सही ढंगले परामर्श दिने उद्देश्यले बुटवलमा शाखा विस्तार गरेको बताए ।

भीएक्सएलले सर्टिफिकेट मात्रै भन्दा सीप समेत सिकेर अध्ययनका लागि विदेश जांदा सजिलो हुने भन्ने कुरालाई विशेष प्राथमिकताका साथ परामर्श दिने बताए । भीएक्सएलले यसअघि काठमाडौं, चितवन र बिराटनगरमा शाखा सञ्चालनमा ल्याइसकेको पन्तले बताए ।

भीएक्सएलका बुटवल प्रमुख विष्णुप्रसाद यादवले शाखा शुभारम्भका अवसरमा विभिन्न शुल्कमा ५० प्रतिशतसम्म छुट गरिएको बताए । आफ्नो संस्थाले उच्च शिक्षा अध्ययन र केही वर्ष विदेशमै रहेर कमाउनु जायज भएपनि दीर्घकालीनरुपमा विदेशमै रहनु देशको लागि राम्रो होइन त्यसकारण निश्चित समयपछि स्वदेशमै फर्किनुपर्छ भन्ने मान्यता अनुसार परामर्श दिने यादवले बताए ।

भीएक्सएलको अष्ट्रेलिया,फिलिपिन्समा पनि शाखा कार्यालय रहेको संस्थाका नेपाल डाइरेक्टर राजेन्द्र लेखकले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित