तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

अघोषित लोडसेडिङ भएपछि होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको बुझाए ध्यानाकर्षण पत्र

बुटवल ।
एकाएक अघोषित लोडसेडिङ भएपछि आजित भएका रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले बुधबार नेपाल विद्युत प्राधिकरण कार्यालय, बुटवल वितरण केन्द्र र नयामिल वितरण केन्द्रमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी, पदाधिकारीहरुले बुटवल वितरण केन्द्रका प्रमुख ई.कपिलराज पाण्डेलाई तथा नयामिल वितरण केन्द्रका प्रमुख रितेश गुप्तालाई बुधबार ध्यानाकर्षण पत्र बुझाएको हो ।
कार्यक्रममा बोल्दै रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले लगातार अघोषित लोडसेडिङको कारण समस्यामा परेको दुखेसो गरे । पर्यटन ब्यवसायमा सबैभन्दा ठूलो संकटमा रहेको उनले बताए । कोभिड संक्रमण, आर्थिक संकटसंगै लगातार विद्युतको समस्याको कारण समस्या आईपरेको उनले दुखेसो गरे ।
यता नेपाल विद्युत प्राधिकरण प्रालि, बुटवल वितरण केन्द्रका प्रमुख ई.कपिलराज पाण्डेले कालिगण्डकीको उत्पादन कम हुदा समस्या देखिएको बताए । गर्मिको कारण अत्याधिक उपकरण प्रयोग हुदा भोल्टेजको समस्या रहेको उनको दाबी छ । यसैगरि रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ तिलोत्तमा शाखाको अगुवाईमा नेपाल विद्युत प्राधिकरण, नयामिल वितरण केन्द्रमा ज्ञापनपत्र बुझाउदै थ्रि फेस जडान गरेको विद्युत पनि सहि सेवा पाउन नसकेको उनिहरुदे दुखेसो गरे ।
नेपाल विद्युत प्राधिकरण, नयामिल वितरण केन्द्रका प्रमुख रितेश गुप्ताले विद्युत वितरण प्रणालीमा केहि कठिनाई रहेको बताए । एकैदिन राती १२ पटकभन्दा बढि ट्रिपिङ हुने समस्या देखिएको उनले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित