प्रीमो एजुकेसन एण्ड भिसा सर्भिसेजको ब्राण्ड एम्बेसडरमा देब खनाल नियुक्त १५ दिने ब्रेल लिपी सिप विकास तालिम लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्य नियुक्त एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकेट सेवा बुटवलको थाइरो ल्याबमा कामना सेवा विकास बैंकका ग्राहकलाई २० प्रतिशत छुट एमाले गुल्मीमा नेतृत्वका लागि बिहानैबाट मतदानको तयारी पूर्वमै रोकियो मनसुन, अझै केही दिन गर्मी बढ्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानाकर्षण बुटवलमा बोलेरो जीप दुर्घटनामा ३ जनाको मृत्यु, २ घाइते                
समाचार :

लुम्बिनी प्रदेशमा मधुमेह, रक्तचाप र मिर्गौलाको नि:शुल्क परीक्षण हुने

लुम्बिनी प्रदेश सरकारले नागरिकको स्वास्थ्य परीक्षण गर्न बजेट विनियोजन गरेको छ।

लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै ४० वर्ष माथिका नागरिकको नि:शुल्क मधुमेह, रक्तचाप र मिर्गौलाको परीक्षण गरिने बताए।

सरकारले लुम्बिनी प्रदेश अस्पतालका लागि २१ करोड, पाल्पाको रामपुर र रोल्पा जिल्ला अस्पतालका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको बताए।

अर्घाखाँची अस्पतालको लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी उनले दिए।

यसैगरी प्युठानमा नयाँ अस्पताल बनाउन बजेट विनियोजन गरिएको उनले बताए।

एम्बुलेन्समा जीपीएस प्रणाली जडान जडान गर्ने र प्रदेश राजधानीमा भालुबाङ अस्पतालमा सुविधा बढाउन १ करोड ५० लाख रुपैयाँ विनियोजन सरकारले गरेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार