नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने एमालेले टुङ्ग्यायो लुम्बिनी प्रदेशका मन्त्रीको नाम                
समाचार :

शैक्षिक गुणस्तर सुधारको लागि रोहिणीमा अन्तरक्रिया, सामूहिक प्रयास आवश्यक रहेकोमा जोड

भैरहवा । शैक्षिक गुणस्तर सुधारको लागि सामूहिक प्रयास आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले एउटा पक्षको मात्र प्रयासले शैक्षिक गुणस्तर सुधार हुन नसक्ने भएकाले सम्पूर्ण पक्षको भूमिका आवश्यक रहेको बताए ।

गाउँ शिक्षा समिति, वडा नम्बर ४ कार्यालय र रोहिणी गाउँपालिकाले बिहीबार रोहिणी–४ स्थित श्री छिपागढ माध्यमिक विद्यालयमा आयोजना गरेको शैक्षिक गुणस्तर सुधारको लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक लगायतका सरोकारवाला पक्षसँग अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीहरुले ‘टीम वर्क’ आवश्यकता रहेको बताए ।

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका शिक्षा समिति सदस्य तारानाथ त्रिपाठीले शैक्षिक गुणस्तर सुधारको लागि शिक्षा समिति गम्भिर रहेको बताए । उनले गाउँपालिका अन्तर्गतका ७ वटै वडामा अन्तरक्रिया गरेर समस्याको पहिचान गरिने बताए । उनले भने, ‘अंक र ग्रेडले मात्र मूल्यांकन गर्ने चलन छ । तर अंक र ग्रेडले मात्र सबै कुराको निर्धारण हुँदैन । ’ त्रिपाठीले कमीकमजोरी सच्याउँदै अघि बढ्नुपर्ने बताए । भएका साधनस्रोतको अधिकतम उपयोग गर्नुपर्ने उनको भनाइ छ । उनले शिक्षकको एक्लो प्रयासले मात्र शैक्षिक गुणस्तर सुधार हुन सक्ने भएकाले सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए ।

श्री छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक बबुन्ना गद्दीले सम्पूर्ण पक्ष एकजुट भएर अघि बढे शैक्षिक गुणस्तर सुधार गर्न सकिने बताए । उनले विगतमा अभिभावकलाई बोलाएर विद्यार्थीहरुको पढाइको बारेमा जानकारी गराइएको बताए । उनले अभिभावकलाई समेत सचेत गराउने काम पनि भएको तर कतिपय अवस्थामा अपेक्षित रुपमा अभिभावकको उपस्थिति हुन नसक्दा सोचेअनुरुप काम भने गर्न नसकिएको बताए ।्

विद्यालयका सहायक प्रधानाध्यापक अहमद अली अन्सारीले अभिभावक, विद्यार्थी, तेस्रो पक्षलाई मात्र दोष दिएर मात्र समस्या समाधान हुन नसक्ने बताए । उनले बहानाबाजी गरेर कोही पनि उम्किन नपाइने बताए । उनले अभिभावकको जिम्मेवारी महत्वपूर्ण रहेकाले अभिभावकलाई पनि जागरुक बनाउनुपर्नेमा जोड दिए ।

गाउँ शिक्षा समितिका सदस्य धनेश्वर कंवरले शिक्षकसँगै अभिभावक पनि जिम्मेवार हुनुपर्ने बताए । उनले भने, ‘इमान्दारीपूर्वक अगाडि बढौं । विगत भन्दा राम्रो नतिजा ल्याउन प्रतिबद्ध भएर लागौं । ’ कंवरले अभिभावकहरु धेरै समय सामाजिक संजालमा व्यस्त नभइ आफ्ना बालबालिकाको हेरचाहमा लाग्नुपर्ने बताए ।

सिद्धार्थ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष संजय कुमार गुप्ताले आफ्नो दायित्वबाट कोही पनि पन्छिन नपाइने बताए । उनले विगतको नतिजाबाट समीक्षा गर्दै अब राम्रो नतिजा बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक, विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासनको भूमिका हुन्छ । ’ उनले कुनै विद्यालयमा विद्यार्थी संख्या अत्यन्तै न्यून भइ विद्यालय मर्ज गर्नुपर्नेमा जोड दिए ।

शिक्षक दिनेश मौर्यले अभिभावकले विद्यार्थीहरुलाई समयमै विद्यालय पठाउनुपर्ने बताए । शिक्षिका पुष्पा थारुले विद्यार्थीहरु नियमित रुपमा विद्यालय नआउँदा समस्या भएको बताइन् ।

रोहिणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले अभिभावकलाई जागरुक, चेतनशील र जागरुक बनाउनुपर्ने बताए । उनले शिक्षकले बेलाबेलामा अभिभावकसँग अन्तरक्रिया गर्नुपर्ने बताए । उनले भने, ‘शिक्षकले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । विद्यालयमा सुधार गर्नुपर्ने प्रशस्त ठाउँ छन् ।’

रोहिणी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष तारानाथ यादवले शिक्षा, स्वास्थ्यमा लगानी बढाउनुपर्ने बताए । उनले एक अर्कालाई दोष दिएर मात्र नहुने बताए ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले शिक्षा क्षेत्रमा सरकारले धेरै लगानी रहेको बताए । उनले विद्यालयको कार्यक्रममा अभिभावकले सहभागीता जनाउनुपर्ने बताए । उनले भने, ‘शिक्षकहरुबीच समझदारी हुन आवश्यक छ । अभिभावकको दोष दिएर मात्रै हुँदैन ।’

रोहिणी गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक विद्या प्रसाद यादवले शिक्षा क्षेत्रलाई गाउँपालिकाले प्राथमिकता दिएको बताए । उनले शिक्षा, स्वास्थ्य क्षेत्रको विकास गरी गाउँपालिकालाई नमूना बनाउन सकिने बताए । उनले भने, ‘सोच ठूलो हुनुपर्छ । सबैलाई समेटेर अघि बढ्नुपर्छ । ’ कमीकमजोरी सच्याउँदै अघि बढ्नुपर्छ । उनले संस्थागत विद्यालयको नतिजा राम्रो भए पनि सामूदायिक विद्यालयको नजिता अपेक्षित रुपमा राम्रो हुन नसकेकाले यसतर्फ सम्पूर्ण पक्षको ध्यान जानुपर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार