तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी सरकारले ४० अर्बको बजेट सार्वजनिक गर्दै

लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्षका लागि ४० अर्ब हाराहारीको बजेट सार्वजनिक गर्दै छ । संबैधानिक व्यवस्था अनुसार सरकारले आज असार १ गते नै बजेट सार्वजनिक गर्ने तयारी पूरा गरिएको जनाएको छ । सरकारले चालु आर्थिक वर्षका लागि ४२ अर्ब ६३ करोड बजेट विनियोजन गरेको थियो ।

यस वर्ष आर्थिक मन्दीका कारण संघीय सरकारले २० प्रतिशत खर्च कटौती गरेर बजेट सार्वजनिक गर्न भनेको छ । त्यस अनुसार प्रदेशको बजेटको आकार घटनु पर्ने हो । तर, लुम्बिनी प्रदेश सरकारले ४० अर्ब हाराहारीकै बजेट ल्याउन लागेको सरकार निकट स्रोतले जनाएका छन् । शुक्रबार बजेट सार्जजनिक गर्न बिहीबार अबेरसम्म अर्थ मन्त्रालयका कर्मचारी चटारोमा थिए ।

प्रदेश अर्थ मन्त्रालयका अनुसार आगामी वर्षका लागि संघीय सरकारले झण्डै २८ अर्ब रकम अनुदान पठाएको छ । बा“की रकमप्रदेश सरकारले आन्तरिक स्रोत र आन्तरिक ऋणबाट व्यवस्थापन गर्ने सरकारको तयारी छ । स्रोतकाअनुसार ३८ अर्बको बजेट तयार भइसकेको छ ।

लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका लागि कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेको छ । २ वर्षमा २ लाखजनालाई रोजगारी दिने महŒवाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको सरकारले बजेट पनि त्यसकै आधारमा तयार गरेको हो । विपन्नवर्ग, लोपोन्मुख जाति, मुक्त कमैयालाई पनि सीप विकास गर्ने गरी सरकारले बजेटको व्यवस्था गरेको छ ।

भौतिक पूर्वाधारमा सरकारले धेरै नया“ योजना थपेको स्रोतले बतायो । कृषि क्षेत्रमा पनि सरकारले विपन्न समुदायलाई राहत पुग्ने गरी कार्यक्रम बनाएको छ । स्थायी राजधानीका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित