तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलबाट सम्पर्कविहिन भएका गुल्मी वामीटक्सारका धर्मेन्द्र प्रधान ५ दिनपछि भेटिए

बुटवल । गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार, वामीटक्सार पल्टार बजार घर भएका ७२ वर्षीय धर्मेन्द्र प्रधान सम्पर्कविहिन भएको ५ दिनपछि फेला परेका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरबाट आइतबारदेखि प्रधान सम्पर्कविहिन भएका थिए ।

धर्मेन्द्र बिहिबार भैरहवा आँखा अस्पताल नजिकैबाट फेला परेका हुन् । ज्योतिनगर स्थित आफ्नी बहिनीका घरबाट आइतबार बिहान अन्दाजी साढे ६ बजेको समयदेखि हराएका उनलाई खोजिका लागि परिवारको अपिलपछि विभिन्न सञ्चारमाध्येममा समाचार तथा प्रकाशित भएको थियो ।

सोही समाचारलाई आधारमा भैरहवामा रहेको रण अम्बिका आँखा अस्पताल नजिकै रहेको एक होटल सञ्चालककले धर्मेन्द्रलाई फेला पारेपछि परिवारलाई फोन गरी जिम्मा लगाएका थिए ।

उनलाई फेला पारेपछि उनका भाई राजेन्द्र प्रधानले फेला पार्न सहयोग गर्ने सञ्चारमाध्यमहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित