अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ‘उच्च रक्तचाप र मधुमेहको नियन्त्रण गर्न सके मुटु रोगबाट बच्न सकिन्छ’                
समाचार :

लुम्बिनी प्रदेशकाे बजेट आज

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आज बजेट ल्याउँदैछ ।

प्रदेश सभाको बैठकमा आज आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आगामी वर्षको बजेट प्रस्तुत गदैंछन् ।

करिब ४० अर्ब हाराहारीको बजेट ल्याउन लागेको स्रोतको दाबी छ । यसअघि आन्तरिक स्रोत तथा संघीय सरकारले दिने अनुदान घटेको भन्दै करिब ३३ अर्बको बजेट ल्याउने गरी तयारी गरिएको आर्थिक मामिला मन्त्रालयका कर्मचारीले जनाएका थिए ।

यसपटककाे बजेटबा६ प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यहरुलाई २ करोड ७५ लाख बजेटका योजना उपलब्ध गराइने भएको छ ।

प्रत्यक्ष निर्वाचित सांसदहरूको क्षेत्र अनुसार उक्त रकम वितरण गर्ने र समानुपाितक सांसदलाई नदिने सरकारको तयारी सरकारले गरेकाले विरोधपछि समानुपातिक सांसदहरुलाई पनि ७५ लाख बराबरका योजना समावेश गर्न दिइने बताइएकाे छ ।

प्रदेशमा ५२ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । त्यसैगरी समानुपातिक सांसदहरुलाई चित्त बुझाउनेगरी प्रतिसांसद ७५ लाख बराबरका योजना बजेटमा समावेश गर्न लागिएको छ । ३५ जना समानुपातिक सांसद छन् ।

पहिले वर्षको बजेटभन्दा आगामी आर्थिक वर्ष २०८०।८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको थियो । यसअनुसार गत वर्षको भन्दा करिब १० अर्ब बजेटको आकार घट्ने अनुमान गरिएपनि चौतर्फि दवावले अर्थमन्त्री मास्कीले बजेटको आकार बढाएका हुन् ।

प्रदेश सरकारले गतवर्ष ४२ अर्ब ६३ करोड ५७ लाख बजेट ल्याएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार