कुशलकी आमा भन्छिन्– साग केलाउँदै छोराको कीर्तिमानी खेल हेरेँ आज देखि लुम्बिनी केबलकार तीन दिन बन्द अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा                
समाचार :

 युवा उद्यमी मञ्च रुपन्देहीमा सन्देश श्रेष्ठ

बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्यापटर को सातौ बार्षिक साधारण सभा तथा अधिवेशन बाट २०८० को नयाँ नेतृत्वमा लागी सन्देश श्रेष्ठ चयन भएका हुन ।

भैरहवा को होटल सिद्धार्थ भिलासामा  भएको साधारण सभाबाट आगीमी बर्षको लागी सन्देश श्रेष्ठ को नेतृत्वमा  ११ जना कार्यसमिति चयन भएका छन प्रथम उपाध्यक्ष रिसव वझा, द्वितीय उपाध्यक्ष आदर्श श्रेष्ठ, सदस्यहरु प्रतिक कसजु, अनिश कसौधन, शायना श्रेष्ठ, सुमन बश्याल, सुमित वझा, सुमित श्रेष्ठ, प्रविना घिमिरे, मन्जिल बिश्वकर्मा, बिराट जोशी निर्वाचित भएका छन ।

कार्यक्रममा अध्यक्ष निरज लाकौलले बर्षभरिको कार्यप्रगतीको बिवरण प्रस्तुत गर्दै सबैको सहकार्यबाट मात्रै संस्था सफल भएको भन्दै आगामि दिनहरुमा अझै बढी सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत गरे । लाकौलले युवा उद्यमीहरुको क्षमता विकास गराउन लक्ष्यसहित कार्यक्रम गर्दै आएको बताए । नेतृत्व र क्षमता विकाससंग युवा उद्यमीहरुका समस्या उठान गर्दै समाधानबारे छलफल गराउने गरेको बताए । विदेश जाने सोच बनाएका युवाहरुलाई स्वदेशमा नै रोक्न सकिने विकल्प खोज्ने काम गरेको बताए । सो कार्यक्रमा नेपाल उधोग बाणिज्य महासंघ बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नव निर्वाचित युवा उद्ममी मंच रुपन्देही का कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दै नेपालमा रोजगार तथा लगानीको अवसर लागी महत्वपूर्ण थलो बनाउन युवा उद्ममीहरुको ठूलो योगदान रहने बताए ।

राष्ट्रिय अध्यक्ष रितेश लामिछानेले युवाहरुमा आत्मबिश्वाससँगै अवसर दिने रुपमा संगठित  भएको र संस्थाले स्वरोजगारका विभिन्न कार्यक्रमहरू गर्दै आएको उनले बताए । युवालाई उद्यममा लाग्न बाटो देखाउने काम गरेको उनले बताए ।  कार्यक्रमा नेपाल उधोग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा , बुटवल उधोग बाणिज्य संघ तथा नेपाल उधोग बाणिज्य महासंघ का केन्द्रीय सदस्य उज्ज्वल प्रसाद कसजु , नेपाल उधोग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा नेपाल बायुसेवा निगमका संचालक किशोर प्रधान ,सिद्धार्थ उधोग बाणिज्य संघ का अध्यक्ष ठाकुर कुमार श्रेष्ठ ,रुपन्देही उधोग संघका अध्यक्ष माधव पौडेल ,बुटवल उधोग बाणिज्य संघका पूर्व अध्यक्ष खिम हमाल ,बुटवल उधोग वाणिज्य बरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ ,नेपाली युवा उद्ममी मंचका केन्द्रीय प्रथम उपाध्यक्ष साहारा जोशी,युवा उद्ममी मंच रुपन्देही का पूर्व अध्यक्षहरु आनन्द वझा, पुर्व अध्यक्ष सुमोद मान सैजु, सन्दीप कसौधन,उमेश अमात्य, प्रदिप शाक्य ,अखिलेश कसौधन तथा साधारण सदस्य लगाएतको उपस्थित रहेको थियो । उक्त कार्यक्रम प्रथम उपाध्यक्ष रिसव वझाले संचालन गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार