तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

स्थापना दिवसमा चारपाला वनद्वारा वृक्षरोपण तथा सम्मान

बुटवल । बुटवल–१२ तामनगरस्थित चारपाला सामुदायिक वन उपभोक्ता समूहले मंगलबार आफ्नो २७ औं स्थापना दिवस पारेर वृक्षरोपण तथा सम्मान कार्यक्रम गरेको छ ।

स्थापना दिवसको अवसवरमा निर्वतमान वनको कार्यसमितिलाई सम्मान र कार्यालय परिसरमा विभिन्न प्रजातिका विरुवा लगाएको हो । २०५४ सालमा स्थापना भएको चारपाला वन नेपालकै ठूलो सामुदायिक वनमा पर्छ ।

सो अवसरमा बोल्दै वनका डिभिजनल प्रमुख प्रभात सापकोटाले वनको विकास र संरक्षणमा उपभोक्ता जाग्नुपर्ने बताए । जैविक विविधता संरक्षण एवं प्रवद्र्धन गर्दै वातावरण र विकासबीच सन्तुलनको ठूलो महत्व रहेको सापकोटाको भनाइ छ । कार्यक्रममा वनका अध्यक्ष जगतनाथ शर्मा पौडेलले वन र पर्या पर्यटन विकासको क्षेत्रमा आफूहरूले काम गर्दै आएको बताए ।

अध्यक्ष पौडेलले वनमा डढेलो नियन्त्रणको लागि अग्नि रेखा निर्माण, ढलापला काड संकलन र उपभोक्तालाई विक्री वितरण पनि गरिएको जानकारी दिए । आगामी दिनहरुमा पनि वन विकास र स्वच्छ अभियान, वृक्षरोपणलाई व्यापक बनाउने नीति अनुसार काम गर्दै जाने प्रतिबद्धता पनि अध्यक्ष पौडेलले व्यक्त गरे ।

सो अवसरमा वनका निर्वतमान अध्यक्ष ओमप्रकाश ठाकुर, निर्वतमान कोषाध्यक्ष घनश्याम चालिसे, पूर्व वडा अध्यक्ष दुर्गा सुवेदी, उदयराज काफ्ले लगायतले बोल्दै वनमा लाग्ने डढेलो नियन्त्रण गरी कार्वन उत्सर्गन रोकेर वायुप्रदुषण रोक्नमा पनि सबैको ध्यान जानुपर्ने बताए । वनका उपाध्यक्ष रामकुमार पौडेलको स्वागत तथा सचिव दुर्गा पाठक पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

चारपाला वन उपभोक्ताको हिसाबले नेपालकै ठूलो वन हो । वनमा १४ हजार उपभोक्ता छन् । वनको क्षेत्रफल २ हजार २३.४ हेक्टर रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित