रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

 इडिएफ एड्मिसन्सको शाखा बुटवलमा

इडिएफ एड्मिसन्सको शाखा बुटवलमा सञ्चालन भएकाे छ ।
वैदेशिक अध्ययनको लागि अमेरिका, क्यानडा, अष्ट्रेलिया र युके जान चोहेका विद्यार्थीलाई तयारी कक्षा, परामर्श तथा सहजिकरण गर्नेगरी बुटवलमा शाखा कार्यालय सञ्चालन गरिएको इडिएफ एड्मिसन्स बुटवल शाखाका प्रवन्ध निर्देशक विनोद घिमिरेले जानकारी दिए ।

अमेरिकन इन्टरनेशनल रिक्रयुटमेन्ट काउन्सिल (ए.आई.आर.सी.)बाट मान्यता प्राप्त एजुकेशन कन्सल्टेन्सी इडिएफ एड्मिसन्सले वैदेशिक शिक्षामा विषेश गरी अमेरिका, क्यानडा, अष्ट्रेलिया र युके जान चाहने विद्यार्थीलाई विगत १५ वर्षदेखि काठमाण्डौबाट परामर्श, तयारी कक्षा तथा सहजीकरण गर्दै आएको छ ।

जसको दाेस्राे शाखा बुटवलको मिलनचोकमा सञ्चालन गरिएको हो । शाखा उद्घाटनकाे अवसरमा जानकारी साेमबार आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा इडिएफ एड्मिसन्सले जम्बुरीले तयार गरेको पाठ्यक्रमको आधारमा अंग्रेजी भाषा कक्षा सञ्चालन गर्दै आएको र जुन पाठ्यक्रम विश्वका ४० बढी देशमा अंग्रेजी भाषाका आई.ई.एल.टि.एस., जि.आर.आई., जि–एम.ए.टी., एस.ए.टी., का कक्षा सञ्चालन भईरहेको इडिएफ एड्मिसन्सका सिनियर काउन्सिलर गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार बुटवल शाखामा पनि सोही अनुसारका कक्षा सञ्चालन हुनेछन् ।
इडिएफ एड्मिसन्सले अमेरिका, क्यानडा, अष्ट्रेलिया र युकेका २ सय भन्दा धैरै कलेज तथा विश्वविद्यालयसंग सहकार्य रहेको र यस क्षेत्रबाट ती देशमा अध्ययनमा जान चाहने विद्यार्थीलाई नजिकबाट सेवा प्रदान गर्न शाखा कार्यालय स्थापना गरिएको निर्देशक प्रकाश पाेखरेलले बताए । त्यसमा पनि युएसलाई बढी फाेकस गरिएकाे छ ।
शाखा कार्यालयको सोमबार एक कार्यक्रमका विच बुटवल उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रदिपकुमार श्रेष्ठले औपचारिक रुपमा उद्घाटन गरे ।
बुटवल शाखा उद्घाटनकाे अवसरमा ओपनिङ विकमा आईईएलटिस र पिटिई पठनपाठनमा ५० प्रतिशत छुट गरिएकाे छ । त्यस्तै विद्यार्थीकाे सहजताका लागि आफ्नै लाईवेरी सञ्चालन गरिएकाे पत्रकार सम्मेलनमा जानकारी गराईयाे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार