मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

 इडिएफ एड्मिसन्सको शाखा बुटवलमा

इडिएफ एड्मिसन्सको शाखा बुटवलमा सञ्चालन भएकाे छ ।
वैदेशिक अध्ययनको लागि अमेरिका, क्यानडा, अष्ट्रेलिया र युके जान चोहेका विद्यार्थीलाई तयारी कक्षा, परामर्श तथा सहजिकरण गर्नेगरी बुटवलमा शाखा कार्यालय सञ्चालन गरिएको इडिएफ एड्मिसन्स बुटवल शाखाका प्रवन्ध निर्देशक विनोद घिमिरेले जानकारी दिए ।

अमेरिकन इन्टरनेशनल रिक्रयुटमेन्ट काउन्सिल (ए.आई.आर.सी.)बाट मान्यता प्राप्त एजुकेशन कन्सल्टेन्सी इडिएफ एड्मिसन्सले वैदेशिक शिक्षामा विषेश गरी अमेरिका, क्यानडा, अष्ट्रेलिया र युके जान चाहने विद्यार्थीलाई विगत १५ वर्षदेखि काठमाण्डौबाट परामर्श, तयारी कक्षा तथा सहजीकरण गर्दै आएको छ ।

जसको दाेस्राे शाखा बुटवलको मिलनचोकमा सञ्चालन गरिएको हो । शाखा उद्घाटनकाे अवसरमा जानकारी साेमबार आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा इडिएफ एड्मिसन्सले जम्बुरीले तयार गरेको पाठ्यक्रमको आधारमा अंग्रेजी भाषा कक्षा सञ्चालन गर्दै आएको र जुन पाठ्यक्रम विश्वका ४० बढी देशमा अंग्रेजी भाषाका आई.ई.एल.टि.एस., जि.आर.आई., जि–एम.ए.टी., एस.ए.टी., का कक्षा सञ्चालन भईरहेको इडिएफ एड्मिसन्सका सिनियर काउन्सिलर गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार बुटवल शाखामा पनि सोही अनुसारका कक्षा सञ्चालन हुनेछन् ।
इडिएफ एड्मिसन्सले अमेरिका, क्यानडा, अष्ट्रेलिया र युकेका २ सय भन्दा धैरै कलेज तथा विश्वविद्यालयसंग सहकार्य रहेको र यस क्षेत्रबाट ती देशमा अध्ययनमा जान चाहने विद्यार्थीलाई नजिकबाट सेवा प्रदान गर्न शाखा कार्यालय स्थापना गरिएको निर्देशक प्रकाश पाेखरेलले बताए । त्यसमा पनि युएसलाई बढी फाेकस गरिएकाे छ ।
शाखा कार्यालयको सोमबार एक कार्यक्रमका विच बुटवल उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रदिपकुमार श्रेष्ठले औपचारिक रुपमा उद्घाटन गरे ।
बुटवल शाखा उद्घाटनकाे अवसरमा ओपनिङ विकमा आईईएलटिस र पिटिई पठनपाठनमा ५० प्रतिशत छुट गरिएकाे छ । त्यस्तै विद्यार्थीकाे सहजताका लागि आफ्नै लाईवेरी सञ्चालन गरिएकाे पत्रकार सम्मेलनमा जानकारी गराईयाे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित