युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

रोटरी क्लव अफ बुटवल चौतारीको पाँचौ पद हस्तान्तरण गोरखामा सम्पन्न

बुटवल । रोटरी क्लव अफ बुटवल चौतारीको पाँचौ पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा जिल्लाको रिभर फन रिसोर्टमा पाँचौ पदहस्तान्तरण तथा फेलोसिप कार्यक्रम भएको हो ।
पद हस्तान्तरण कार्यक्रममा बर्ष ०२२-०२३ का अध्यक्ष रो. सन्तोष के.सी बर्ष ०२३-०२४ का नवनिर्वाचित अध्यक्ष रो. दिनेशमणी सुवेदीलाई पद हस्तान्तरण गरे ।


पद हस्तान्तरण कार्यक्रममा बोल्दै रोटरी क्लव अफ बुटवल चौतारी का सल्लाहकार तथा कार्यक्रम का प्रमुख अतिथि रो. राजेन्द्र ढकाल ले समाज परिवर्तनको संवाहक यस्ता रोटरी क्लवहरु रहेको भन्दै स्वार्थ देखि माथी रहेर सेवाकर्म गर्न आग्रह गरे । उनले शिक्षा, स्वास्थ्य, सरसफाई तथा जनचेतनामुलक कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गर्न नवनिर्वाचित अध्यक्ष सुवेदीलाई आग्रह गरे । नवनिर्वाचित अध्यक्ष सुवेदीले अबको एक बर्षमा क्लवको आफ्नै भवन निर्माणको थालनी गर्ने, विभिन्न स्वास्थ्य सम्बन्धी शिविर, छात्रबृत्ति वितरण, सहयोग जस्ता कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष रो. सन्तोष केसीले एक बर्ष भित्र क्लवले गरेका सामाजिक एवं रचनात्मक कार्यको सविस्तार बर्णन गरेका थिए । साथै उनले आफ्नो कार्यकालमा साथ सहयोग गरि सफल बनाउन लागेका सम्पुर्ण रोटरीयन हरु लाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा कलब का संस्थापक अध्यक्ष रो.बिष्णु घिमिरे ,राहुल क्षत्री ,अर्जुन ढकाल ,जीवन बुढाथोकी,बिदुर ज्ञवाली लगाएतले बोलेका थिए ।
कार्यक्रम कलब का सचिव रो.बिनोद खातिको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित