संजीवनीको १० औ साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न बजारमा प्रतिस्पर्धा गर्न व्यवहारिक शिक्षा आवश्यकता छ– प्रदेश प्रमुख शेरचन प्रदेश आयोग लुम्बिनीको सदस्यमा कपिलवस्तुका खनाल र रोल्पाका वली नियुक्त साढे ३ महिनामा ७४ हजार पर्यटकले चढे लुम्बिनी केबलकार आर्थिक ‘मन्दी’ मा पनि लयमा ‘एभरेष्ट कन्फर्ट फुड वेयर’, बार्षिक ५० करोड बढिको कारोबार लुम्बिनीका सामाजिक विकासमन्त्री भन्छन्- शिक्षकका जायज माग पूरा गर्नुपर्छ तिलोत्तमाका सवै गाई गोरुमा लम्पी स्किन विरुद्धको खोप लगाईयो बसन्तपुरमा ४० लाखको जीपलाइन सञ्चालन बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जना पक्राउ सम्झ्नामा कर्मयोगका प्रतिकः स्व. खड्ग बहादुर अर्याल                
समाचार :

अत्याधिक गर्मी बढेपछि तिलोत्तमा र सैनामैनाका विद्यालय बन्द

बुटवल । अत्याधिक गर्मी बढेपछि तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाले विद्यालय बन्द गर्ने भएका छन् । तिलोत्तमा नगरपालिकाले एक सूचना जारी गरी सोमबारदेखि असार १७ गतेसम्म पठनपाठन बन्द हुने जनाएको छ ।

‘नगरप्रमुख स्तरीय निर्णयानुसार विगत केही दिन देखी बढीरहेको तापक्रमले अत्याधिक गर्मी भई विद्यालयहरुमा पठनपाठन सञ्चालनमा कठिनाइ भएको हुदाँ वार्षिक विदावाट समायोजन हुने गरी मिति २०८० । ०२ । २२ गते देखी २०८०।०३ । १७ गते सम्म नगर भित्रका सम्पुर्ण शैक्षिक संस्था ( सामुदायिक तथा संस्थागत) हरुमा बिदा गर्ने निर्णय भएकोले सोही अनुसार गर्नुहुन जानकारी गराइन्छ ।’– तिलोत्तमा नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

यस्तै रुपन्देहीको सैनामैना नगरपालिकाले भने भोलिदेखि जेठ २४ गतेसम्म नगरपालिका भित्रका सबै विद्यालयलाई विदा दिने भएको छ । नगरपालिकाले एक सूचना जारी गरी नगरभित्रका सबै विद्यालय भोलिदेखि जेठ २४ गतेसम्म बन्द हुने जनाएको हो ।

‘विगत केही दिनदेखि अत्याधिक मात्रामा तापक्रम बृद्धि हुँदा दिउसोको समयमा विद्यालय जाँदा आउँदा बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएकोले यस सैनामैना नगरपालिका अन्तर्गत संचालित सम्पूर्ण विद्यालयहरु मिति २०८० जेठ २२ देखी २४ गते सम्म वर्षे विदाबाट कट्टा हुनेगरी गर्मी विदा गरिएको व्यहोरा अनुरोध छ ।’– सूचनामा भनिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार