संजीवनीको १० औ साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न बजारमा प्रतिस्पर्धा गर्न व्यवहारिक शिक्षा आवश्यकता छ– प्रदेश प्रमुख शेरचन प्रदेश आयोग लुम्बिनीको सदस्यमा कपिलवस्तुका खनाल र रोल्पाका वली नियुक्त साढे ३ महिनामा ७४ हजार पर्यटकले चढे लुम्बिनी केबलकार आर्थिक ‘मन्दी’ मा पनि लयमा ‘एभरेष्ट कन्फर्ट फुड वेयर’, बार्षिक ५० करोड बढिको कारोबार लुम्बिनीका सामाजिक विकासमन्त्री भन्छन्- शिक्षकका जायज माग पूरा गर्नुपर्छ तिलोत्तमाका सवै गाई गोरुमा लम्पी स्किन विरुद्धको खोप लगाईयो बसन्तपुरमा ४० लाखको जीपलाइन सञ्चालन बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जना पक्राउ सम्झ्नामा कर्मयोगका प्रतिकः स्व. खड्ग बहादुर अर्याल                
समाचार :

सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी

सुनौलो बहुउद्देश्यीय सहकारी संस्थाले किस्ताबन्दीमा बचतकर्ताहरुको बचत रकम भुक्तानी गर्न सुरु गरेकाे छ । अत्यन्त न्युन आय भएका सर्वसाधारणको बचत रकम भुक्तानी दिन आनाकानी गरेको सहकारीले अन्नतत भुक्तानी गर्न सुरु गरेकाे हाे ।
सहकारीकी ब्यवस्थापक सृजना तामाङ बचतकर्ताको रकम भुक्तानी गर्न सुरु गरिएकाे बताइन ।


एक हजार ९ सयको चेक भुक्तानीमा आनाकानी गरेपछि बचतकर्ताको घेराउमा परेकी तामाङले बचतबाट संकलन भएको रकम मसलन्धमा खर्च भएको, संचालकको नाम थाहा नभएको, दर्ता कागजात अद्यावधिक नभएको जवाफ दिएपछि आक्रोशित बचतकर्ताले तामाङलाई प्रहरीमा बुझाएर दर्ता अधिकारी कार्यालयमा उजुरी दिन पुगेका थिए ।

प्रहरीको समन्वयमा दाङ चलान गरिएकी तामाङलाई दर्ता अधिकारी भिमप्रसाद तिवारीले यथासिघ्र बचत रकम भुक्तानी नगरिए ठगी अभियोगमा मुद्दा चलाउन पत्राचार गरेसँगै प्रहरी समक्ष उनले भुक्तानी गर्ने सहमति जनाएकी हुन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार