तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

संघ बजेटः तिलोत्तमालाई सवैभन्दा धेरै, सवैभन्दा कम कसलाई ?

आर्थिक वर्ष २०८०।८१ को प्रस्तुत बजेटमा रुपन्देहीका १६ वटा पालिकाले ७ अर्ब २६ करोड बजेट अनुदान प्राप्त गरेका छन । संघीय सरकारबाट बजेट अनुदान पाउनेमा तिलोत्तमा नगरपालिका जिल्लामा पहिलो बनेको छ ।

बुटवल उपमहानगरपालिकालाई समेत पछि पार्दै तिलोत्तमा नगरपालिकाले १ अर्ब १७ करोड ८० लाख बजेट अनुदान प्राप्त गरेको छ । ससर्त तर्फ ९२ करोड ४० लाख, समानिकरण तर्फ २२ करोड ९० लाख, विशेष अनुदान २ करोड र समपुरक अनुदान ५० लाख गरी १ अर्ब १७ करोड ८० लाख बजेट प्राप्त गरेको हो । जस मध्ये चालु तर्फ ६७ करोड ३२ र पूँजीगत तर्फ ५० करोड ४९ लाख अनुदान रहेको छ ।

बुटवल उपमहानगरपालिकाले भने कूल ८० करोड ८९ लाख बजेट अनुदान प्राप्त गरेको छ । सशर्त अनुदानतर्फ ४७ करोड ९२ लाख, समानिकरण तर्फ ३० करोड १७ लाख, विशेष अनुदान २ करोड र समपुरक अनुदान ८० लाख प्राप्त गरेको हो । जस मध्ये चालुतर्फ ८६ करोड ९ लाख अनुदान प्राप्त गर्दा पूँजीगतर्फ ४ करोड ८० लाख मात्रै अनुदान प्राप्त गरेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित