

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवेश रुट दिन भारतले सर्त राखेको छ ।
भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवेश रुट दिन कुनै अप्ठ्यारो नभएको तर प्रवेश रुट दिँदा सुरक्षाको प्रत्याभूति हुने गरी नेपालले विश्वास दिलाउनुपर्ने सर्त अघि सारेको स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘सुरक्षाको विश्वास दिलाउन नसके भैरहवा एयरपोर्टमा भारतले आफ्नो मान्छे राख्न पाउनुपर्ने सर्त पनि अघि सारेको छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण गएको बेला अन्तर्राष्ट्रिय विमानस्थलहरुको रुटको बारेमा पनि छलफल हुने एजेण्डा तय गरेपछि भारतले त्यसका लागि सर्त अघि सारेको बताइएको छ ।