बुद्धनगर खानेपानीले ‘भोगचलन’ गरेको जग्गामा टोल विकास संस्थाले चलायो स्वीकृती विना डोजर गर्मीमा ‘लू’ बाट कसरी बच्ने ? समृद्धी सलोन एण्ड एकेडेमी द्वारा सम्मान तथा दिक्षित घामबाट बिजुली सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ६ वर्षमा प्रवेश, १ लाख ८० हजारले लिए स्वास्थ्य सेवा रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकल नै जलेर नष्ट गुल्मीमा विद्युतको तारबाट खरबारीमा लागेको आगोले घर जलायो तराईमा गर्मी उस्तै, लुम्बिनी प्रदेशमा हावाहुरीको चेतावनी ९० लाखको लगानीमा पाल्पा नुवाकाेटमा खुल्याे नुवाकोटगढी रिसोर्ट शान्ती समाज द्वारा दिप प्रज्वलन (फोटो फिचर)                
समाचार :

बुटवल १२ र १३ मा सरसफाई अभियान

बुटवल। गणतन्त्र दिवस तथा विश्व वातावरण दिवसको पूर्वसन्धाको अवसर पारेर बुटवल उपमहानगरपालिका वडा नंं। १२ र १३ मा सरसफाई गरिएको छ ।
सरसफाई, वातावरण तथा हरियाली प्रवद्र्धन समिति १२ र १३ को आयोजनामा राजमार्ग क्षेत्र र टोल सरसफाई गरिएको हो ।
कार्यक्रममा जनप्रतिनिधि, स्थानीय टोलविकास संस्थाहरुलगायतको सहभागितामा सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका कार्यवाहक प्रमुख शिव रानाले स्थानीयको सक्रियतामा नियमित सरसफाई गर्नुपर्ने बताए । उनले नियमित सरसफाइले घर, टोल, सडकका साथसाथै नगर सफा र सुन्दर हुने र यसले मानवीय स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए ।
उनले बुटवललाई स्वच्छ, सफा र हरियाली शहरका रुपमा स्थापित गर्नका लागि टोलस्तरबाटै सक्रिय हुनुपर्ने बताए ।
कार्यक्रममा वडा नं १२ का अध्यक्ष डिल्लीप्रसाद शर्माले बुटवललाई सफा र सुन्दर बनाउने अभियानको थालनी भएको बताउँदै टोलस्तरबाट नियमित सरसफाईलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै सरसफाई, वातावरण तथा हरियाली प्रवद्र्धन समितिका अध्यक्ष गंगादत्त पौडेलले बुटवललाई सफा राख्नका लागि स्थानीयको महत्वपूणर् भूमिका रहने बताए ।
स्थानीय टोलविकास संस्था, आमा समूह, क्लब, सामाजिक संघसंस्थाहरुको सहभागिता रहेको कार्यक्रममा सरसफाई, वातावरण तथा हरियाली प्रवद्र्धन समितिका वरिष्ठ उपाध्यक्ष लालबहादुर गुरुङ, उपाध्यक्ष रमा केसी, सचिव सञ्जय लम्साल, सहसचिव गिरीराज कुँवर, कोषाध्यक्ष मिना जिसीलगायतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार