तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवल १२ र १३ मा सरसफाई अभियान

बुटवल। गणतन्त्र दिवस तथा विश्व वातावरण दिवसको पूर्वसन्धाको अवसर पारेर बुटवल उपमहानगरपालिका वडा नंं। १२ र १३ मा सरसफाई गरिएको छ ।
सरसफाई, वातावरण तथा हरियाली प्रवद्र्धन समिति १२ र १३ को आयोजनामा राजमार्ग क्षेत्र र टोल सरसफाई गरिएको हो ।
कार्यक्रममा जनप्रतिनिधि, स्थानीय टोलविकास संस्थाहरुलगायतको सहभागितामा सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका कार्यवाहक प्रमुख शिव रानाले स्थानीयको सक्रियतामा नियमित सरसफाई गर्नुपर्ने बताए । उनले नियमित सरसफाइले घर, टोल, सडकका साथसाथै नगर सफा र सुन्दर हुने र यसले मानवीय स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए ।
उनले बुटवललाई स्वच्छ, सफा र हरियाली शहरका रुपमा स्थापित गर्नका लागि टोलस्तरबाटै सक्रिय हुनुपर्ने बताए ।
कार्यक्रममा वडा नं १२ का अध्यक्ष डिल्लीप्रसाद शर्माले बुटवललाई सफा र सुन्दर बनाउने अभियानको थालनी भएको बताउँदै टोलस्तरबाट नियमित सरसफाईलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै सरसफाई, वातावरण तथा हरियाली प्रवद्र्धन समितिका अध्यक्ष गंगादत्त पौडेलले बुटवललाई सफा राख्नका लागि स्थानीयको महत्वपूणर् भूमिका रहने बताए ।
स्थानीय टोलविकास संस्था, आमा समूह, क्लब, सामाजिक संघसंस्थाहरुको सहभागिता रहेको कार्यक्रममा सरसफाई, वातावरण तथा हरियाली प्रवद्र्धन समितिका वरिष्ठ उपाध्यक्ष लालबहादुर गुरुङ, उपाध्यक्ष रमा केसी, सचिव सञ्जय लम्साल, सहसचिव गिरीराज कुँवर, कोषाध्यक्ष मिना जिसीलगायतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित