तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गणतन्त्र दिवसको अवसरमा सियारीमा बृक्षारोपण

गणतन्त्र दिवसको अवसरमा रुपन्देहीको सियारी गाउँपालिकाले बृहत रुपमा बृक्षारोपण कार्यक्रम गरेको छ । गाउँपालिकाले बेथरी बेलबास सडक खण्डको अमुवा क्षेत्रमा नहरको दुवै तर्फ बृक्षारोपण गरिएको हो ।

सडकलाई सुन्दरीकरण गर्ने पालिकाको योजना अनुसार अमुवा टोल बिकास सस्थाको संयोजनामा बृक्षारोपण गरिएको पालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले पालिकालाई सुन्दरकरण बनाउने योजना अनुसार बृक्षारोपण शुरु गरिएको बताए ।

अमुवा क्षेत्रबाट शुरु गरिएको बृक्षारोपण कार्यलाई निरन्तरता दिदै बेथरी बेलवास सडक खण्ड अन्तरगत सियारीमा पर्ने सडकको दुबै तर्फ बृक्षारोपण गरी सुन्दरीकरणमा बिशेष ध्यान दिने बताए ।

पालिकाले कल्की, तेजपत्ता, गुलमोहर, धुपि, सुपारी लगाएतका ५०० बिरुवाहरु रोपिएको प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । उनले अमुवा क्षत्रेको झण्डै सवा किलोमिटर क्षेत्रमा बृक्षा रोपण गरिएको र रोपिएका बिरुवाको शंरक्षण स्थानियको सहयोगमा पालिकाले गर्ने उल्लेख गरे ।

अमुवा टोल बिकास सस्थाका अध्यक्ष शिबकुमार अग्रहरीले रोपिएका बिरुवाको शरक्षणमा आफुहरुले बिशेष ध्यान दिने बताए ।

बृक्षारोपण कार्यक्रममा पालिकाका उपाध्यक्ष तारा थारु सहित पालिकाका बिभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, स्थानिय संघसस्थाका प्रमुख तथा प्रतिनिधि, बैंक तथा बित्तिय सस्थामा प्रतिनिधि, बिद्यार्थी लगाएतको उपस्थितिमा बृक्षारोपण गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित