मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

कस्तो अवस्थामा पीडादायी हुन्छ यौन सम्बन्ध ?

दाम्पत्य सुखसँग जोडिएको हुन्छ, यौन पनि । भनिन्छ, सक्रिय यौन जीवनले दम्पतीबीचको सम्बन्ध थप प्रगाढ बनाउन मद्दत गर्छ । यद्यपि सबैको हकमा यस्तो हुँदैन ।

कतिपय दम्पतीले भरपुर यौन सुख प्राप्त गर्न सक्दैनन् । यस्तो स्थितिमा दम्पतीबीच आशंका, वैमनश्यता बढ्न सक्छ । अन्ततः यसै कारण उनीहरुमा कलह निम्तिन सक्छ । जबकि कतिपय महिलालाई यौन सम्बन्ध निकै पीडादायी हुने गर्छ । खासगरी प्रजनन् स्वास्थ्यमा हुने विभिन्न समस्याले गर्दा उनीहरु यौनमा उदासीन हुन सक्छन् ।

जब पाठेघरको समस्या हुन्छ

प्रजनन् स्वास्थ्यमा कुनै समस्या भएका महिलालाई यौन सम्बन्धको क्रममा धेरै पीडा हुन सक्छ । विशेषगरी पाठेघरमा कुनै संक्रमण भएको छ वा पाठेघर सुन्निएको छ भने यौन सम्बन्धको क्रममा पीडा हुन्छ ।

पाठेघरमा ‘शिष्ट’हरू अर्थात् पानी र रगतको फोका पलाउने समस्या धेरै महिलामा हुन्छ । यस्तो भएमा पाठेघर सुन्निन सक्छ । यसैगरी पाठेघरको संक्रमण वा मासु पलाएको स्थिति हुन सक्छ ।

महिलाहरुमा बढीजसो देखिने समस्या यौनाङ्गको संक्रमण हो । यस्तो भएमा सेतो पानी बग्ने हुन्छ । कहिलेकाहीं रगत पनि आउन सक्छ । यी स्थितिमा यौन सम्बन्ध बनाउँदा महिलाहरुलाई पीडा हुन्छ ।

पीडादायक स्थितिमा पनि सम्बन्ध बनाइराख्दा पीडा धेरै बढेर ‘ट्रमा’ नै हुने हुन्छ । यस्तो अवस्थामा धेरै सेतो पानी बग्ने समस्या हुन सक्छ । कालान्तरमा बच्चा बस्न नै गाह्रो हुने पनि हुन्छ ।

असुरक्षित यौनले संक्रमण

महिलाहरूमा देखिने धेरै प्रजनन् समस्या असुरक्षित यौन सम्पर्कका कारण नै हुने गर्छ । असुरक्षित यौन सम्बन्ध बनाउँदा त्यो संक्रमण पाठेघरमा र पाठेघरको ट्युबसम्म पनि पुग्छ ।

पाठेघरसम्म संक्रमण पुगेपछि पीडा अरु बढ्ने र पाठेघरसम्बन्धी अन्य समस्या पनि देखा पर्न सक्छ । असुरक्षित यौनका कारण पार्टनरमा संक्रमण सर्ने सम्भावना हुन्छ ।

समाधान के त ?

सबैभन्दा पहिले त के कारणले यौन सम्बन्धका क्रममा पीडा भएको हो त्यो कारण पत्ता लगाएर त्यसको उपचार गर्नुपर्छ । त्यसैले वर्षमा एकपटक महिलाले आफ्नो प्रजनन् अंगको जाँच गर्नुपर्छ । संक्रमण नहोस् भनेर सुरक्षित सम्बन्ध बनाउनुपर्छ । कण्डमको प्रयोग सबैभन्दा उपयोगी हुन सक्छ । यौन पीडा अत्यधिक र सधैं भएमा चिकित्सकको सल्लाह आवश्यक हुन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित