मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

गार्गी एकेडेमीमा स्वागत तथा अभिमुखीकरण

बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा शनिबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा भर्ना भएका नवआगन्तुक विद्यार्थी स्वागत तथा अभिभावकहरू अभिमुखीकरण गरिएको हो ।

विद्यालयमा यो वर्ष ४२६ जना नयाँ विद्यार्थी थपिएका छन् । विद्यालयका प्राचार्य भुवन अधिकारीले अभिभावकहरुलाई अभिमुखीकरण प्रशिक्षण दिएका थिए । प्राचार्य अधिकारीले विद्यालयले स्थापनाको छोटो समयमा अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको बताए । गुणस्तरीय शिक्षामा विद्यालय सधै प्रतिबद्ध रहेको प्राचार्य अधिकारीले प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयलका अध्यक्ष रणबहादुर थापाले विद्यालय अब्बलतातर्फ लम्किरहेको बताउँदै सबैको साथ र हौसला सधै आवश्यक रहेको बताए । कार्यक्रममा विद्यालयका सल्लाहकारहरू राजेन्द्र ढकाल, भरत पाठक, चन्द्रमणि अधिकारी, विद्यालयका उपाध्यक्ष झविन्द्र अधिकारी, सञ्चालक लोकराज शर्मा लगायतले बोलेका थिए । विद्यालयका सञ्चालक जीवन अधिकारीको स्वागत तथा नेपाली विषय विभागका प्रमुख नवराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सोही अवसरमा विद्यालयले टेवलटेनिसका राष्ट्रिय खेलाडीद्वय रितिम गुरूङ र सुजल आचार्यलाई सम्मान गरेको थियो । कार्यक्रममा विद्यार्थीहरू विभिन्न नृत्यहरू प्रस्तुत गरेका थिए । विद्यालयमा २ हजार ६७ विद्यार्थी अध्ययनरत छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित