तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सिद्धबाबाको वैकिल्पक सडकः कुन वर्ष कति बजेट खर्च ?

सिद्धबाबाको अप्ठ्यारो छल्न वैकल्पिक सडकको योजना अगाडि बढ्यो धागो कारखाना–चरङ्गे सडक । २१ किलोमिटर सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले ५० करोड बजेट विनियोजन गरिसकेको छ । त्यसमध्ये २५ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । पाल्पातर्फ झण्डै ८ करोड खर्च भएको छ ।

पाल्पा खण्डमा आर्थिक वर्ष २०७५/०७६ मा ४ करोड ८७ लाख ७३ हजार ३६८ रूपैयाँ खर्च भयो । अर्को वर्ष २०७६/०७७ मा २ करोड ८९ लाख ७५ हजार ८२९ रूपैयाँ खर्चिइयो । २०७७/०७८ मा १ करोड ५८ हजार ६९९ र २०७८/०७९ मा ३ करोड ७६ लाख ५१ हजार ८३४ रूपैयाँ खर्च गरिएको यातायात पूर्वाधार निर्देशनालय पाल्पाका प्रमुख इन्जिनियर अरुन गुप्ताले बताए ।

पहिलो वर्ष आर्थिक वर्ष २०७५/०७६ मा रूपन्देही खण्डमा ५ करोड बजेटले ७ कि.मि साइड कटिङसहित ७ वटा कल्भर्ट र ६७० मिटर कालोपत्रे गरिएको थियो । दोस्रो वर्ष (आव २०७६/०७७ मा) ६ करोड बजेट १५ सय मिटर कालोपत्रे गरियो । विनियोजन भएको बजेटमध्ये ४ करोड २० लाख रुपैयाँ मात्र खर्च भएको देखिन्छ ।

अर्को वर्ष अर्थात आ.व. २०७७/०७८ मा ४ करोड ९० लाख विनियोजन भएको बजेटमध्ये २ करोड ८३ लाख खर्च हुँदा १ हजार ८०० मिटर ग्राभेल, एउटा कल्भर्ट र १६ सय मिटर नाली पक्की गर्न खर्च गरिएको छ । आ.व. २०७८/७९ मा ४ करोड ५० लाख बजेटमध्ये २ करोड १५ लाख बजेट खर्च गरेर १२०० मिटर कालोपत्रे गरिएको छ । चालू आ.व.मा बजेट कटौती गरेर १ करोड ५० लाख मात्र विनियोजन गरिएकोमा अहिलेसम्म ठेक्का सम्झौता हुन नसकेको आयोजनाका इन्जिनीयर रायमाझी बताउँछन् ।

रूपन्देहीतर्फ पनि सोही बराबरको रकम खर्च भएको छ । झुम्सादेखि चरङ्गेसम्म पालान्दर र हेकबारीमा २ वटा पुल र १ कल्भर्ट निर्माण भएको छ । बेलदमार खोलाको पुलको २ करोड ५१ लाखमा ठेक्का लागे पनि निर्माण व्यवसायीले पेस्की लगेर काम शुरू गरेका छैनन् । पाल्पातर्फ ग्राभेल, नाली, ग्याभिन, रिटेनिङ वालका लागि ८ करोड १५ लाख रुपैयाँ खर्च भएको छ ।

पुलपुलेसामा ३ करोड ३९ लाख खर्च भएको छ । डोजर लगाएर सडक खनेको क्षेत्रमा माथिबाट भेलसहित आउने लेदोले सडक बगाउने समस्या देखिएको तिनाउका स्थानीय दलबहादुर गुरूङले बताए । ‘यो क्षेत्र चुरे हो । यहाँको भू–बनोट स्खलित हुने खालको हो । यहाँ ठाडा–ठाडा खोल्साहरूमा खहरेको रूपमा आउने भेलले सडक बगाउने गर्छ,’ गुरुङले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित