रुपन्देहीमा ‘लुम्बिनी युवा सम्मेलन’ सुरु

बुटवल । लुम्बिनी युवा सम्मेलन–२०८० विहिबारदेखि रुपन्देहीमा सुरु भएको छ । प्रदेश स्तरीय किशोर किशारीको आयोजना भएको सम्मेलन शनिबारसम्म चल्ने छ । सम्मेलनको लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले एक समारोहका बीच उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै योजना आयोगका उपाध्यक्ष केसीले अहिलेको युग प्रविधि र सुचनाको युग भएकाले समुदाय स्तरमा किशोर किशोरी तथा युवा युवतीहरुको संजाल बन्नु सकारात्मक रहेको बताए । साथै प्रदेशस्तरमा क्रियाशिल प्रदेश किशोर किशारी तथा युवा संजालको संस्थागत विकास, क्षमता विकास गर्नका लागि प्रदेश योजना आयोग विभिन्न योजनाका माध्यमबाट आवश्यक सहयोग गर्ने बताए ।

यस्तै युवा परिषदु लुम्बिनी प्रदेशका उपाध्यक्ष गोविन्द्र बहादुर खत्रीले यस प्रकारका संजालको माध्यमबाट समाजमा आमुल परिर्वतन गर्न सकिने भएकाले राज्यले सहयोग गर्न कुनै कन्जुसाई गर्न नहुने बताए ।

सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा प्रदेश योजना आयोगका उपाध्यक्ष केसी र किशोरकिशोरी तथा युवाहरुसँग अन्तरक्रिया भएको थियो । जसको सहजिकरण कान्तिपुर राष्ट्रिय दैनिकका लुम्बिनी प्रदेश प्रमुख दिपेन्द्र बडुवालले गरेका थिए ।

३ दिनसम्म चल्ने सम्मेलनमा लुम्बिनी प्रदेश भित्रका विभिन्न पालिका प्रमुख तथा संघ संस्थाका प्रतिनिधिहरु र किशोर किशोरीहरु ीवचमा विभिन्न अन्तरक्रियाका कार्यक्रम हुने छन्

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार