तिलोत्तमा नगरपालिकाका ७७ जना स्थायी स्वास्थ्यकर्मीहरुले तलव खान पाएनन्

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थायी स्वास्थ्यकर्मीहरुले ५ महिना देखि तलव नपाएको भन्दै आन्दोलित बनेका छन् । पुस मसान्त देखि ७७ जनाले तलव नपाएको भन्दै स्वास्थ्यकर्मीहरुले आन्दोलित बनेका हुन ।
४५ जना दरबन्दी र ३३ जना दरबन्दी मिलान गरेका गरी ७७ जनाले ५ महिना देखि तलव नपाएको स्वास्थ्यकर्मी ज्ञानप्रसाद पौडेलले बताए । स्वास्थ्यकर्मीहरुले अहिले तलव नपाउँदा दैनिक खर्च समेत क्रृण खोजेर गर्नुपर्ने अवस्था आउँदा समेत तलव खुवाउन स्थानिय सरकारले समेत चासो नदिएको बताएका छन् ।
पौडेलले पटक पटक तलवको विषयमा नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई जानाकारी दिएपनि कुनै सुनुवाई नभएपछि तलव पाउनुपर्ने माग सहित चरणबद्ध रुपमा शान्तीपूर्ण आन्दोलन गरेको बताए ।
‘हामीले जेठ ८ गते ७ दिनको समय अवधि दिएर नगरपालिकामा समस्याको समधान गर्न भन्यौ । तर कुनै सुनुवाई नभएपछि ८ गते देखि कालोपट्टी बाधेर विरोध स्वरुप सेवाप्रदान गरेका छौ’ उनले भने ।
साथै स्वास्थ्यकर्मीहरुले १३ सुत्रिय माग समेत अघि सारेका छन् । पुस देखिको तलव अविलम्ब उपलब्ध गराउनुपर्ने, कोभिड विमा बापतको रकम पाउनुपर्ने, सवै कर्मचारीलाई समानता र आवश्यकताका आधारमा ईन्धन खर्च दिनुपर्ने, नगरपालिकाका थप भएका १० वटा स्वास्थ्य संस्था र आधारभुत नगर अस्पतामा आवश्यक कर्मचारीहरुको स्थायी दरबन्दी सिर्जना गर्नुपर्ने, औषधीको नियमित उपलब्धता हुनुपर्ने माग उनीहरुले राखेका छन् । साथै उनीहरुले समग्र बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने समेत बताएका छन् । यता ७७ जना कर्मचारीले तलव नपाउँदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख धुब्रवराज घिमिरेले भने तलब बुझिरहेको स्वाथ्यकर्मी पौडेलले बताए ।
राजनीतिक आधारमा काजमा आएका घिमिरेले पुस, माघ र फागुन महिनाको तलबवापत एक लाख ५२ हजार रुपैयाँ बुझेको बताइएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले स्वास्थ्य मन्त्रालयले दरबन्दीबाहेकका कर्मचारीको तलब सरकारले नपठाउँदा समस्या भएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार