मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवलमा रोजगार मेला शुरू, उद्योगमा दक्ष जनशक्तिको अभाव

बुटवलमा रोजगार मेला शुरू भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र बुटवल उद्योग वाणिज्य संघ रुपन्देही संयुक्त आयोजनामा मंगलवारबाट दुई दिने मेला शुरु भएको हो ।

मेलाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीका प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले नेपाली युवा कामको खोजीमा विदेश जानुपर्ने र नेपाली उद्योगीले बाहिरबाट कामदार ल्याउनु पर्ने वाध्यता रहेको बताए ।

कामको लागि बाहिर जाने प्रवृत्ति रोक्न र व्यवसायीले बाहिरबाट कामदार ल्याउनु पर्ने वाध्यता अन्त्य गर्न सरकारले तारतम्य मिलाउनु पर्ने बताए ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उज्ज्वलप्रसाद कसजूले उद्योग सञ्चालनका लागि दक्ष जनशक्तिको अभाव रहेको बताए ।

साथै पढेलेखेका युवाहरू कामको खोजीमा विदेशीने विषयलाई मध्येनजर गरेर दुवै पक्षको आवश्यकता पूर्ति गर्नका लागि मेलाको आयोजना गरिएको उनको भनाइ थियो ।

मेलामा २९ वटा उद्योग प्रतिष्ठानको सहभागिता छ । नेपालबाट मासिक ८० देखि ९० हजार युवा जनशक्ति विदेशीने गरेको तथयांक छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित