बुटवलमा रोजगार मेला शुरू, उद्योगमा दक्ष जनशक्तिको अभाव

बुटवलमा रोजगार मेला शुरू भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र बुटवल उद्योग वाणिज्य संघ रुपन्देही संयुक्त आयोजनामा मंगलवारबाट दुई दिने मेला शुरु भएको हो ।

मेलाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीका प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले नेपाली युवा कामको खोजीमा विदेश जानुपर्ने र नेपाली उद्योगीले बाहिरबाट कामदार ल्याउनु पर्ने वाध्यता रहेको बताए ।

कामको लागि बाहिर जाने प्रवृत्ति रोक्न र व्यवसायीले बाहिरबाट कामदार ल्याउनु पर्ने वाध्यता अन्त्य गर्न सरकारले तारतम्य मिलाउनु पर्ने बताए ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उज्ज्वलप्रसाद कसजूले उद्योग सञ्चालनका लागि दक्ष जनशक्तिको अभाव रहेको बताए ।

साथै पढेलेखेका युवाहरू कामको खोजीमा विदेशीने विषयलाई मध्येनजर गरेर दुवै पक्षको आवश्यकता पूर्ति गर्नका लागि मेलाको आयोजना गरिएको उनको भनाइ थियो ।

मेलामा २९ वटा उद्योग प्रतिष्ठानको सहभागिता छ । नेपालबाट मासिक ८० देखि ९० हजार युवा जनशक्ति विदेशीने गरेको तथयांक छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार