मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

पेशागत महासंघ नेपालको स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

पेशागत महासंघ नेपालको २९औँ स्थापना दिवस रुपन्देहीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

पेशागत महासंघ नेपाल जिल्ला समिति रुपन्देहीले स्थापना दिवसको अवसरमा शुभकामना आद्रान प्रदान, नवनिर्वाचित प्रदेश कमिटीका पदाधिकारी, सदस्यहरूलाई बधाई, सम्मान तथा मुलुकमा सुशासन, विकास र सम्वृद्धिको लागि पेशाकर्मीहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सो अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य, रुपन्देही पार्टी सहइन्चार्ज शिवराज सुवेदीले पेशागत हक हित र सुरक्षाका लागि संगठनको एकता आवश्यक रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले देशमा सुशासन कायम राख्न पेशाकर्मीको समेत महत्वपुर्ण भुमिका हुने भन्दै कुनै पनि लोभमा नपरी कार्य सम्पादन गर्न आग्रह गरे ।

कार्यक्रममा महासंघ निवर्तमान केन्द्रिय सहसंयोजक दयाराम वस्याल, केन्द्रिय सचिव छवि पाण्डे, पार्टी लुम्बिनी प्रदेश सदस्य धनिश्वर गौतम, पार्टी मोर्चा प्रमुख चित्र कार्की, पेशागत इन्चार्ज मेघदेव पन्त लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा नवनिर्वाचित प्रदेश अध्यक्ष शिव पौडेल, महासचिव नेत्र पोख्रेल, सचिवद्वय कृष्ण पन्थी, सुमन पन्थी, कोषाध्यक्ष राजेन्द्र क्षेत्रीलगायतका पदाधिकारी सदस्यहरूलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा महासंघ केन्द्रिय समिति सदस्यहरू हरिश्चन्द्र बिक, डिल्लीराज बेल्बासे, रमेश पाण्डे, केन्द्रिय नीति अनुसन्धान आयोग सदस्य रामप्रसाद पन्थी, निजामती संगठन केन्द्रीय सदस्य दीपक पौडेल, काँशीराम आचार्य, नारायण भण्डारी, पब्लिक क्यम्पस प्राध्यापक सङ्घका केन्द्रिय सदस्य भूपाल शर्माप्रति, प्रदेश समिति सदस्य दिल्लुराम तिवारी, केन्द्रिय परिषद् सदस्य कमल पराजुली, विद्युत कर्मचारी संघका प्रदेश अध्यक्ष अमित रेश्मीको उपस्थिती रहेको थियो ।

कार्यक्रम जिल्ला अध्यक्ष राजिव अर्यालको अध्यक्षतामा भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित